२० भदौ / अर्थ र व्यापार- गत भदौ १४ गते भएको चर्को वर्षात पछि आएको वाढीका कारण नागार्जुन ४–बाफल स्थित फ्रेकस्ट्रिट गार्मेण्ट ईण्डस्ट्रिको फ्याक्ट्रीमा ठूलो क्षति पुगेको छ । बाढी फ्याक्ट्री भित्र पस्दा गार्मेण्टको कच्चा पदार्थ,निर्यात योग्य तयारी सामान,मेसिन,जेनेरेटर लगायतका सामानमा क्षति पुग्नुका साथै पर्खा पनि भत्किएको फ्रेकस्ट्रिट गार्मेण्ट ईण्डस्टिका प्रबन्ध निर्देशक हरि भेटवालले वताए ।
पाँच तले घरको तल्लो तलामा बाढी पस्दा तल्लो तलाका प्राय सामानहरु विग्रिएको र करिव एक करोड रुपैयाँ बराबरको क्षति भएको फ्रेकस्ट्रिटका प्रबन्ध निर्देशक भेटवालले अर्थ र व्यापारलाई वताए ।
तपाईको प्रतिक्रिया