१५ मंसिर/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।
आज महासंघको कार्यलय टेकुमा भएको निर्वाचनमा हिराचनले ४० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी डीबी बस्नेतले ३१ मत प्राप्त गरे । महासंघको विधानअनुसार कोषाध्यक्ष कार्यसमितिमध्येबाट छानिने व्यवस्था छ ।
हिराचन किशोरकुमार प्रधान समूहबाट वस्तुगत सदस्यमा चुनाब लडेका थिए । उनी नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष पनि हुन् ।
निर्वाचित केन्द्रिय सदस्यहरुबाट एक जनालाई कोषाध्यक्षमा मनोनयन गर्नुपर्ने व्यवस्था भए पनि आईतबार सर्वसम्मत हुन नसकेपछि आज मतदानमार्फत कोषाध्यक्ष चयन गरिएको हो ।
तपाईको प्रतिक्रिया