logo

एफएनसीसीआई चुनावः मतपरिणाम आउन शुरु 

    1673   पटक पढिएको

१३ मंसिर/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि आज शनिवार भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वागमती प्रदेश बाहेक अरु प्रदेशका कुल ६ जना केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको हो ।

पछिल्लो मतपरिणम अनुसार केन्द्रीय सदस्यमा प्रदेश २ बाट विजयकुमार साहले १२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद साहको शून्य मत आएको छ । 

गण्डकी प्रदेशबाट बाबुराम गिरीले ९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत ल्याए । त्यस्तै, लुम्बिनी प्रदेशबाट जमसेद मियाँ १२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमराज बञ्जाडेले ९ मत ल्याए । 

यस्तै, कर्णाली प्रदेशबाट लालीमान बुढा ७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ३ मत ल्याए । सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कुमार ८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले २ मत ल्याए ।

कार्यकारिणी सदस्यतर्फ यसअघि नै प्रदेश १ बाट राजेन्द्र राउत निर्विरोध निर्वाचित भइसकेका छन्  ।
महासंघको नयाँ नेतृत्वका लागि एक जना वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा शेखर गोल्छा निर्वाचित भइसकेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।