logo

चन्द्र ढकाल समूहलाई निर्यात व्यवसायी महासंघको साथ

    1633   पटक पढिएको


७ मंसिर/अर्थ र व्यापार– निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहलाई सहयोग गर्ने भएको छ ।

निर्यात व्यवसायी महासंघ नेपालले शनिबार काठमाडौंमा स्वागत कार्यक्रम राखेर वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र सोही समूहका वस्तुगततर्फका सदस्यका उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेको हो ।

निर्यात व्यवसायी एवं फिनका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङले फिनअन्तर्गतका ११ वटा वस्तुगत संघका अध्यक्षहरूले ढकाल समूहलाई मतदान गर्ने निर्णय गरेको जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो सुरुआती व्यवसाय नै निर्यात क्षेत्रबाट सुरु गरेको र फिनभित्रकै सदस्यको रुपमा रहेकाले यस क्षेत्रको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

फिनमा नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघ, गलैंचा निर्यात संघ, नेपाल पस्मिना उद्योग संघ, गार्मेन्ट एसोसिएसन, नेपाल हाते कागज संघलगायतका निर्यात क्षेत्रका ११ वटा संस्था आबद्ध छन् । 

मंसिर १३ गते महासंघको नयाँ नेतृत्वका लागि हुने चुनावमा वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल समुहबीच प्रतिस्पर्धा हुँदैछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।