logo

निर्यात व्यवसायलाई प्रवर्द्धन गर्ने महासंघको तयारी

    1756   पटक पढिएको

१६ मंसिर/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्यात व्यवसायलाई अर्थतन्त्रको प्रमुख इन्जिनका रूपमा विकास गर्ने गरी महासंघले आफ्नो दृष्टिकोण निर्माण गर्ने बताएका छन् ।

निर्यात व्यवसायी महासंघले महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले अहिले अर्थतन्त्रको इन्जिनका रूपमा रहेको रेमिट्यान्समा कुनै पनि बेला कमि आई देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएको भन्दै अर्को इन्जिनको रुपमा निर्यात क्षेत्रलाई प्रोत्साहन गरिने बताए।

अध्यक्ष गोल्छाले निर्यात व्यवसायलाई अर्थतन्त्रको प्रमुख इन्जिनका रूपमा विकास गर्ने गरी अबको एक सय दिन भित्रमा स्पष्ट दृष्टिकोण ल्याउने बताए । उनले निर्यातजन्य उद्योग व्यवसायको कस्ट अफ फण्ड घटाउने विषयमा सरकारसँग महासंघले पहल गर्ने बताए।

निर्यात व्यवसायमा सरकारबाट इन्सेन्टिभ कम भएकाले पनि निर्यात प्रवर्द्धनमा समस्या देखिएको अध्यक्ष गोल्छाको भनाइ छ ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यातलाई प्रवर्द्धन गर्न नसक्नुको कारण नीतिगत व्यवस्थामा भएको कमजोरी भन्दै महासंघले नीतिगत सुधार गर्न सरकार समक्ष सक्रिय रूपमा माग राख्ने बताए ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।