logo

कोभिड–१९ पछिको अर्थतन्त्र प्रविधिमा आधारित हुनुपर्छः शेखर गोल्छा 

    1684   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संकटले केही न केही अवसर प्रदान गर्ने भन्दै कोभिड–१९ महामारीले प्रविधिलाई फस्टाउने अवसर दिएको बताएका छन्।

इ–बिजनेस पोलिसी फोरमको भर्चुअल छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै गोल्छाले महामारी पछिको अवस्थामा आर्थिक बृद्धि तथा रोजगारी सिर्जनाका लागि प्रविधिमा आधारित व्यवसायमा सबैको ध्यान जानुपर्ने बताएका हुन् ।

गोल्छाले महासंघले भिजन पेपर बनाइरहेको र त्यसमा इन्टरनेट तथा प्रविधिमा आधारित व्यवसायलाई प्राथमिकतामा राखिएको बताए ।

विकसित मुलुकमा निकै भरपर्दो भइसकेको भएपनि इकमर्श जस्ता प्रविधिमा आधारित व्यवसाय नेपालमा भने प्रारम्भिक चरणमै रहेकाले यसमा नियमनदेखि पूर्वाधारसम्ममा काम गर्नुपर्ने गोल्छाको भनाइ छ । 

प्रविधिमा आधारित व्यवसायमा युवाहरुले हात हाल्ने भएकाले उनीहरुलाई पुँजी तथा झन्झटरहित र स्पष्ट नियमन हुनुपर्ने उनको भनाइ छ ।

अहिलेको अवस्थामा नेपालमा झन्झटिलो प्रक्रिया तथा अस्पष्ट नीतिगत व्यवस्थाका कारण उल्टो निरुत्साहितमात्र भइरहेको उनले बताए।

उद्योग वाणिज्य महासंघले देशमा प्रत्येक वर्ष प्रविधिमा आधारित चार लाख नयाँ रोजगारी सिर्जना गर्ने उपायाहरु समेटेर भिजन पेपर बनाइरहेको उनले जानकारी दिए ।

नेपालमा किसानहरुले धेरै बिचौलियाका कारण लाभ गुमाइरहेका भन्दै अध्यक्ष गोल्छाले इ–हाटको व्यवस्था गर्न सकिए किसानहरुले लाभ पाउने र देशको अर्थतन्त्र पनि सबल हुने बताए ।

गोल्छाले सबैको आवश्यकतालाई छुने तथा प्रविधिबाट सम्बोधन गर्नका महासघले इ–हाटको अवधारणामा काम गरिरहेको जानकारी दिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।