logo

पाँचतारे होटल सोल्टी वेष्ट एण्ड प्रिमियरको प्रधानमन्त्री केपीशर्मा ओलीद्वारा उद्घाटन

    1609   पटक पढिएको

४ बैशाख /अर्थ र व्यापार - सोल्टी होटल र नेपाली लगानीकर्ताको सहकार्यमा नेपालगंजमा स्थापना भएको पाँच तारे होटल सोल्टी वेष्ट एण्ड प्रिमियरको मंगलबार पूर्ण रुपमा संचालनमा आएको छ । प्रधानमन्त्री केपीशर्मा ओली, उर्जामन्त्री वर्षमान पुन र पाँच नम्बर प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले होटलको उद्घाटन गरे । यो होटलको सफ्ट लन्च एक वर्ष अघि अंग्रेजी नयाँ वर्षमा भएको थियो।सोल्टी होटल समूहले ५५ करोड रुपैयाँ प्रारम्भिक लगानीमा नेपालगंजमा ८१ कोठा सहित सुविधा सम्पन्न होटल संचालनमा ल्याएको हो । 

यो होटलले नविकरणीय उर्जा प्रयोग गरेको, वर्षाको पानी प्रयोग गरेको र उत्सर्जित फोहोर पानीलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याएकोमा दिल्लीमा आयोजित १४औं अन्तराष्ट्रिय ट्राभल अवार्ड कार्यक्रममा ‘वेष्ट डेब्यु ग्रीन होटल’ को पुरस्कार समेत पाएको थियो ।
पाँच दशकदेखि काठमाण्डौमा पाँच तारे होटल सोल्टी क्राउन प्लाजा संचालन गरिरहेको सोल्टी होटल समूहको काठमाण्डौ उपत्यका बाहिरको यो पहिलो होटल हो । यो समूहले पर्यटकीय नगर पोखरामा समेत चार तारे होटल निर्माण गर्दैछ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।