३० असार / अर्थ र व्यापार – फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र बिकास कार्यक्रम अन्र्तगत नेपाल सरकारलाई २ अर्ब ३६ करोड रुपैयाँ (२० करोड यूरो) अनुदान दिने भएको छ ।
नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव बैकुष्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदुत जोर्मा सुभान्टोका बीच शुक्रवार यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
विद्यालय क्षेत्र बिकास कार्यक्रम यसअघि सञ्चालित विद्यालय क्षेत्र सुधार कार्यक्रमकै निरन्तरता हो । यो कार्यक्रमको रकम विद्यालयको गुणस्तर, सुधार, पहुँच , र समानतामा आधारित छ ।
तपाईको प्रतिक्रिया