logo

अर्थमन्त्रालयका कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्न बन्देज, माघ १ गतेबाट आचार संहिता लागु

    833   पटक पढिएको

७ माघ /अर्थ र व्यापार - अर्थमन्त्रालयले आफ्नो माताहतका कर्मचारीहरुलाई सदाचारयुक्त बनाउने भन्दै आचार संहिता लागू गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले पुष ३० गते स्वीकृत गरेको आचार संहिता माघ १ गतेबाट लागू भएको अर्थ मन्त्रालयले जनाएको छ ।

आचार संहितामा मुख्य गरी कर्मचारीबाट चुहावट हुने सूचनालाई नियन्त्रण गर्न खोजिएको छ । आचार संहिता अनुसार अब अर्थमन्त्रालय माताहतका कर्मचारीले आफ्नो पदीय हैसियत राखेर कुनै पनि सामाजिक सञ्जाल सञ्चालन एवं प्रयोग गर्न पाउने छैनन् ।
कर्मचारीहरुले आफ्नो माथिल्लो निकायको स्वीकृति विना सरोकारवालाहरुलाई कामको सिलसिलामा कार्यस्थल बाहिर भेट्न पाउने छैनन् भने कुनै पनि सेवाग्राहीको प्रतिनिधि वा एजेन्ट भएर काम गर्न पनि बन्देज लगाइएको छ ।

अर्थ मन्त्रालयका कर्मचारीहरुले व्यक्तिगत लाभ हासिल गर्ने वा अन्य मतलबयुक्त काम गर्ने वा गराउने उद्देश्यले कार्यस्थलबाहेक आफ्नै निवासमा पनि भेटघाट गर्न नहुने संहितामा उल्लेख छ । आफ्नो कार्यालयका कुनै पनि पदीय हैसियतका कर्मचारीको बारेमा सार्वजनिक टिका टिप्पणी गर्न नपाईने, आफू कार्यरत संस्थाको तथ्याकं एवं सूचनाहरु अनुमति बिना सार्वजनिक गर्न नमिल्ने संहितामा भनिएको छ ।

आचार संहिता पूर्ण पालाना गर्ने प्रण गर्दै हरेक कर्मचारीले सपश लिनु पर्ने पनि संहितामा उल्लेख गरिएको छ । काज सरुवा भएर आउनु कर्मचारीले मन्त्रालय वा विभागमा हाजिर गर्नु पूर्व नै शपथ लिनु पर्ने मन्त्रालयले जनाएको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।