२० मंसिर / अर्थ र व्यापार - अर्थ मन्त्री युवराज खतिवडाले बिग मर्जरको औपचारिक शुभारम्भ गरेका छन् ।
शुक्रबार बिहान आयोजित एक कार्यक्रमबीच मन्त्री खतिवडाले ‘क’ वर्गका दुई बैंकहरु ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणा गरेर बिग मर्जर शुभारम्भ गरेका हुन् ।
राष्ट्र बैंकले ठूला बैंक धेरै भएको भन्दै गाभ्ने नीति लिएको छ । योसँगै बिग मर्जरको औपचारिक सुरुवात भएको छ । दुई वाणिज्य बैंक गाभिएसँगै नेपालमा ‘क’ वर्गका वाणिज्य बैंकको संख्या २७ मा झरेको छ ।
यी दुई बैंक एक भए पनि अन्य वाणिज्य बैंकहरूले एक आसपमा गाभिन प्रयास गरेका छैनन् । ठूला बैंकहरुले विकास बैंक र फाइनान्स कम्पनीहरुमा नै आँखा लगाइरहेका छन् ।
तपाईको प्रतिक्रिया