logo

रानीपोखरीको फाइनल डिजाइन तयार भयो

    1619   पटक पढिएको

२९ जेठ / अर्थ र व्यापार-पुनर्निर्माणका क्रममा रहेको रानीपोखरीलाई काठमाडौं महानगरपालिकाले परिस्कृत डिजाइनमा बनाउने भएको छ । पुनर्निर्माण सुरु भएको १८ महिना भइसकेपनि गति निकै सुस्त छ । तर, अब ‘फाइनल डिजाइन’ तयार भएको छ ।

यसअघि पनि महानगरपालिकाले रानीपोखरीको डिजाइन तयार पारेको थियो । तर,अहिले भने विभिन्न पक्षको सुझावलाई समट्दै फाइनल कन्सेप्ट बनाइएको छ । महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख उत्तरकुमार रेग्मीको नेतृत्वमा डिजाइन फाइनल गरिएको हो ।

यसकै आधारमा रानीपोखरीको पुनर्निर्माण अघि बढ्ने छ । नयाँ डिजाइन अनुसार रानीपोखरीमा शान्ति बाटिकासमेत समेटिनेछ । रानीपोखरीको ऐतिहासिकतालाई जोगाउँदै सुन्दर र हरियाली पार्कका रुपमा विकास गर्ने गरी निर्माण अघि बढ्ने छ ।
नयाँ डिजाइनअनुसार काम गर्न अब करिब १० करोड रुपैयाँ खर्च हुनेछ । अहिले ७ करोड रुपैयाँको ठेक्का लागेर काम भइरहेको छ । अबको एक वर्ष्भित्र रानीपोखरीलाई नयाँ डिजाइन अनुसार ब्यवस्थित गरिसक्ने छ ।

रानीपोखरीमा रंगीन ‘म्युजिकल वाटर फाउन्टेन’ तयार गरिनेछ । रानीपोखरी पार्कमा परिणत भएपछि साँझमा समय बिताउने पार्कको अभाव हट्ने महानगरको विश्वास छ । साथै रानीपोखरी वरिपरि बगैंचा र त्यसलाई घेरेर फुटपाथ बनाइनेछ ।

शान्ति बाटिकामा एउटा छेउमा रेष्टुरेन्टसहितको कफी सप हुनेछ । त्यसमा साना सेमिनारहरु गर्न मिल्ने स्थानको विकास गरिनेछ । पार्कमा बसेर साना कार्यक्रम गर्न सकिने गरी दुई वटा स्थान तयार गरिने छ ।

शान्ति बाटिकाभित्र साना बालबच्चा खेल्न मिल्ने प्लेग्राउण्ड पनि राखिनेछ । मन्दिरको बिपरित दिशामा सानो वाटर फाउन्टेन राखिनेछ । यो सँगै पार्कमा आकर्षक लाइटहरु राखिने छ । चौबीसै घण्टा लाइनको व्यवस्था हुनेछ ।

रानीपोखरीलाई पार्कमा परिणत गरेपछि सर्वसाधारणका लागि खुला गरिनेछ । अहिले तिहार र छठ बाहेकको समयमा रानीपोखरीमा प्रवेश गर्न पाइँदैन । पानीको फोहोरा मात्र होइन, पोखरी वरिपरीको भागसमेत विभिन्न कलरको लाइटले सजाइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।