logo

रानीपोखरीको फाइनल डिजाइन तयार भयो

    1883   पटक पढिएको

२९ जेठ / अर्थ र व्यापार-पुनर्निर्माणका क्रममा रहेको रानीपोखरीलाई काठमाडौं महानगरपालिकाले परिस्कृत डिजाइनमा बनाउने भएको छ । पुनर्निर्माण सुरु भएको १८ महिना भइसकेपनि गति निकै सुस्त छ । तर, अब ‘फाइनल डिजाइन’ तयार भएको छ ।

यसअघि पनि महानगरपालिकाले रानीपोखरीको डिजाइन तयार पारेको थियो । तर,अहिले भने विभिन्न पक्षको सुझावलाई समट्दै फाइनल कन्सेप्ट बनाइएको छ । महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख उत्तरकुमार रेग्मीको नेतृत्वमा डिजाइन फाइनल गरिएको हो ।

यसकै आधारमा रानीपोखरीको पुनर्निर्माण अघि बढ्ने छ । नयाँ डिजाइन अनुसार रानीपोखरीमा शान्ति बाटिकासमेत समेटिनेछ । रानीपोखरीको ऐतिहासिकतालाई जोगाउँदै सुन्दर र हरियाली पार्कका रुपमा विकास गर्ने गरी निर्माण अघि बढ्ने छ ।
नयाँ डिजाइनअनुसार काम गर्न अब करिब १० करोड रुपैयाँ खर्च हुनेछ । अहिले ७ करोड रुपैयाँको ठेक्का लागेर काम भइरहेको छ । अबको एक वर्ष्भित्र रानीपोखरीलाई नयाँ डिजाइन अनुसार ब्यवस्थित गरिसक्ने छ ।

रानीपोखरीमा रंगीन ‘म्युजिकल वाटर फाउन्टेन’ तयार गरिनेछ । रानीपोखरी पार्कमा परिणत भएपछि साँझमा समय बिताउने पार्कको अभाव हट्ने महानगरको विश्वास छ । साथै रानीपोखरी वरिपरि बगैंचा र त्यसलाई घेरेर फुटपाथ बनाइनेछ ।

शान्ति बाटिकामा एउटा छेउमा रेष्टुरेन्टसहितको कफी सप हुनेछ । त्यसमा साना सेमिनारहरु गर्न मिल्ने स्थानको विकास गरिनेछ । पार्कमा बसेर साना कार्यक्रम गर्न सकिने गरी दुई वटा स्थान तयार गरिने छ ।

शान्ति बाटिकाभित्र साना बालबच्चा खेल्न मिल्ने प्लेग्राउण्ड पनि राखिनेछ । मन्दिरको बिपरित दिशामा सानो वाटर फाउन्टेन राखिनेछ । यो सँगै पार्कमा आकर्षक लाइटहरु राखिने छ । चौबीसै घण्टा लाइनको व्यवस्था हुनेछ ।

रानीपोखरीलाई पार्कमा परिणत गरेपछि सर्वसाधारणका लागि खुला गरिनेछ । अहिले तिहार र छठ बाहेकको समयमा रानीपोखरीमा प्रवेश गर्न पाइँदैन । पानीको फोहोरा मात्र होइन, पोखरी वरिपरीको भागसमेत विभिन्न कलरको लाइटले सजाइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।