७ असोज/अर्थ र व्यापार– नेपालमै कोभिड–१९ को उपचारका लागि इमर्जेन्सी प्रयोग गर्न मिल्ने औषधि फेभिर–२०० ट्याव्लेटको उत्पादन सुरु भएको छ ।
औषधि व्यवस्था विभागको अनुमतिमा देउराली जनता फर्मास्यूटिकल्सले फेभिर–२०० ट्याब्लेटको उत्पादन सुरु गरेको हो ।
देउराली जनता फर्मास्यूटिकल्सले जारी गरेको विज्ञप्तीमा कम्पनीमा कार्यरत स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक र प्राविधिकबाट यो औषधि उत्पादन गरिएका उल्लेख गरिएको छ । कम्पनीले यो औषधि उत्पादन गर्ने नेपाल आठौं देश भएको दाबी समेत गरेको छ ।
कम्पनीले कोभिड–१९ उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनका लागि उपलब्ध गराउने उदेश्यसहित यो औषधि उत्पादन गरिएको बताएको छ ।
चीन, रसिया, अमेरिका, जापान, भारत, टर्की, क्यानडा लगायतका मुलुकमा फेबिपिरभिर औषधि इमर्जेन्सी प्रयोग गर्न अनुमति दिइएको थियो ।
तपाईको प्रतिक्रिया