logo

विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर मिलमा आमरण अनसनमा बसेका मजदूरहरुद्वारा अनसन तोडियो

    1164   पटक पढिएको

२० माघ/अर्थ र व्यापार– उद्योग व्यवस्थापन पक्षले सहमति जनाएपछि महोत्तरीको एभरेष्ट सुगर मिलमा आमरण अनसनमा बसेका मजदूरहरुले अनसन तोडेका छन् । शनिबार उद्योगको प्रशासन कार्यालयमा बसेको मजदूर र उद्योग व्यवस्थापनपक्षसँग ६ बुँदे सहमति भएपछि १० जना मजदुरहरुले सामूहिक रुपमा अनसन तोडेका हुन् ।

उद्योगका कार्यकारी संचालक सुरेश सर्राफको हातबाट जुस खाएर शनिबार राति उनीहरुले अनसन तोडेका हुन् । वार्तामा सहभागी भएकार मजदूर नेता दशरथ महतोले दिएको जानकारी अनुसार आफूहरुले राखेको ६ वटै मागमा उद्योग पक्षले सहमति जनाएपछि अनसन तोडिएको हो ।

उद्योग व्यवस्थापनपक्षले तत्कालै विशेष भता उपलब्ध गराइने, दैनिक ज्यालादारीलाई पनि क्रमिक रुपमा स्थायी प्रक्रियामा लैजाने, पाँचौ तहदेखि उच्च पदमा कार्यरत मजदूरहरुको हकमा उद्योग व्यवस्थापन पक्षले आफू अनुकुल सेवा सुविधा दिनेलगायतका सहमति भएको मजदुर नेता महतोले जनाएका छन् । विशेष भत्ताको माग गर्दै उद्योगमा कार्यरत १० जना मजदूरहरु गएको बिहीबारदेखि आमरण अनसनमा बसेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।