१९ बैशाख/ अर्थ र व्यापार - आज देशभरी नै विद्युत प्राधिकरणको महसुल काउण्टर बन्द भएका छन् । विद्युत प्राधिकरण ट्रेड युनियन चुनावका लागि भन्दै कर्मचारीले काउण्टर बन्द गरेको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आज देशभरका कुनै पनि काउन्टरबाट विद्युत् महसुल तिर्न सकिने छैन् । जसका कारण सेवाग्राहीहरु भने मार्कामा पर्ने भएका छन् ।
चुनावमा नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघबीच प्रतिष्पर्धा हुने प्राधिकरणले जनाएको छ ।अनलाइन प्रक्रियाबाट भने बिल भुक्तानी गर्न सकिने छ ।
तपाईको प्रतिक्रिया