logo

अब ‘विद्युतीय हस्ताक्षर’ प्रणाली लागू हुँदै

    1486   पटक पढिएको


५ असार / अर्थ र व्यापार - उद्योग विभागले व्यवस्थित, प्रभावकारी र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले विद्युतीय हस्ताक्षर प्रणाली लागू गर्ने भएको छ । चार महिना अगाडिदेखि उद्योग दर्ताका लागि अनलाइन दर्ता सुरु गरेको विभागले अव अनलाइनमार्फत नै कागजपत्र प्रमाणीकरण गरेर सम्बन्धी निकायलाई अनलाइनमार्फत नै पठाउने व्यवस्था गर्न लागेको हो ।

अहिलेसम्म अनलाइन दर्ता भएका उद्योगका प्रमाणपत्र र कागजपत्र प्रमाणीकरण तथा हस्ताक्षर गर्दा प्रिन्ट गरेर सम्बन्धित सेवाग्राहीलाई प्रदान गर्ने गरेपनि विद्युतीय हस्ताक्षर सेवाको सुरुवातसँगै अनलाइनमार्फत नै हस्ताक्षर हुनेछ ।

विद्युतीय हस्ताक्षरको सुरुवातसँगै अनलाइनबाट भरेको फर्मलाई अनलाइनमार्फत नै स्वीकृति दिने हुँदा प्रिन्ट गरेर कर्मचारीको कोठा÷कोठामा चहार्ने कामको अब अन्त्य हुनेछ । विद्युतीय हस्ताक्षरको प्रयोगसँगै उद्योग प्रशासनमा हुने जुनसुकै काम विद्युतीय हस्ताक्षरबाट गर्न मिल्नेछ ।

उद्योग विभाग र कम्पनी रजिष्टार कार्यालयमा विद्युतीय हस्ताक्षर प्रयोग गर्नका लागि बोलपत्र आह्वान समेत गरेको र यो कामको सुरुवात विद्युतीय हस्ताक्षरको मान्यताप्राप्त कम्पनी रेडियन्ट नेपाल संस्थाले गरिसकेको छ । विभागले सुरुमा दुई सय व्यक्तिलाई विद्युतीय हस्ताक्षर सेवा उपलब्ध गराउने र पछि आवश्यकतानुसार थप्दै लैजाने छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।