logo

प्रदेश ३ सरकार र ललितपुर महानगरद्वारा बिजुली बस खरिदका लागि ३२ करोड रूपैयाँ साझा यातायातलाई हस्तान्तरण

    1466   पटक पढिएको

१६ असार / अर्थ र व्यापार - साझा यातायातले बत्तीस करोड रूपैयाँ प्राप्त गरेको छ । साझा यातायातलाई बिजुली बस खरिदका लागि प्रदेश तीन सरकार र ललितपुर महानगरले रकम हस्तान्तरण गरेका हुन् । प्रदेश ३ सरकारले ३० करोड रुपैयाँ र ललितपुर महानगरले साढे २ करोड रुपैयाँको चेक साझालाई हस्तान्तरण गरे ।

राजधानीमा आयोजित एक कार्यक्रममा बिजुली बस खरिद गर्नेगरी प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, ललितपुरका मेयर चिरिबाबु महर्जन र साझाका अध्यक्ष कनकमणि दीक्षितबीच सम्झौता भएको छ ।

बिजुली बसका लागि काठमाडौं महानगरले १० करोड र साझा सहकारीले साढे २ करोड गरी कुल ४५ करोड लगानी गर्ने सहमति भएको छ । २०७६ सालभित्रै बिजुली बस सञ्चालन गर्ने योजना रहेको साझा यातायातले जनाएको छ। भविष्यको आवश्यकतालाई महसुस गर्दै  प्रदेश ३ सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्न लागेको मुख्य मन्त्री डोरमणि पौडेलले बताए । अब ल्याइने बस धेरैजसो उपत्यकामा सञ्चालन हुने उनले जानकारी दिए ।
४५ करोड रुपैयाँमा करिब ३० वटा बिजुली बस आउने अनुमान गर्दै, २० वटा बस काठमाडौंमा र अरू बस सडक राम्रो भएको हेटौंडा–नारायणगढ खण्डमा सञ्चालन गर्ने पौडेलको योजना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।