२३ पुष / अर्थ र व्यापार - नेपाल निर्यात परिषद्को अध्यक्षमा हरिबहादुर कार्की निर्विरोध निर्वा्चित भएका छन्। परिषद्को २२औं साधारणसभाबाट कार्की अध्यक्षमा चयन भएका हुन्।
परिषद्को प्रथम उपाध्यक्षमा रमेशकुमार पोखरेल, द्धितिय उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, महासचिवमा रामशरण थपलिया, कोषाध्यक्षमा हरि ढकाल, सचिवमा कन्हैयालाल शाह र सहकोषाध्यक्षमा राजु बानियाँ निर्वा्चित भएका छन्।
परिषद्को कार्यसमिति सदस्यमा हरिप्रसाद ढकाल, अमृतमान श्रेष्ठ, वसन्तराज अधिकारी, हरिशरण भेटवाल र बलबहादुर नेपाली चयन भएका छन्। परिषद्को नयाँ कार्यसमिति सदस्यमा श्याम शर्मा र गणेश पराजुलीलाई मनोनित गरेका छन्।
तपाईको प्रतिक्रिया