logo

भूकम्प पुनर्निर्माणले गति लिँदै

    1972   पटक पढिएको

१३ असार / अर्थ र व्यापार – स्थानीय तहमा जनप्रतिनिधि निर्र्वा्चित भएसँगै भूकम्प पुनर्निर्माणले गति लिन थालेको छ । निर्वाचन सम्पन्न भएपछि भूकम्प अति प्रभावित १४ जिल्लामा घर निर्माण सुरु गर्ने लाभग्राहीको संख्या बढ्ने क्रममा देखिएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइको तथ्यांकमा गत चैत मसान्तसम्म ४७ हजार नौ सय ३३ लाभग्राहीले निजी आवास निर्माण सुरु गरेका थिए । यो संख्या आइतबार (असार ११) सम्म ९४ हजार दुई सय ४५ पुगेको छ । यस अवधीमा घर निर्माण सुरु गर्नेको सूचीमा ४६ हजार तीन सय १२ लाभग्राही थपिएका छन् ।  

पछिल्लो तथ्यांकअनुसार घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या २८ हजार सात सय ५७ पुगेको छ । चैत मसान्तसम्म यो संख्या २१ हजार ६ सय १९ थियो । यो सूचीमा पछिल्लोपटक सात हजार एक सय ३८ जना थपिएका हुन् ।

त्यस्तै, चैत २७ मा दोस्रो किस्ताको लागि निवेदन दिने लाभग्राही संख्या ३० हजार आठ सय ५४ रहेकोमा आइतबारसम्म यो संख्या ५८ हजार एक सय २१ पुगेको छ । तीमध्ये दोस्रो किस्ता भुक्तानीका लागि ४४ हजार लाभग्राहीको प्रमाणिकरण सम्पन्न भएको एकाईको तथ्यांक छ ।

आइतबारसम्म तेस्रो किस्ताका लागि निवेदन दिने लाभग्राही संख्या तीन हजार पाँच सय सात पुगेको छ । चैत २७ मा यो संख्या एक हजार पाँच सय ५७ थियो ।

पछिल्लो समय दोस्रो किस्ताको अनुदान लिने लाभग्राहीको संख्या बढ्ने क्रमले गति लिएको देखिन्छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइको तथ्यांक अनुसार पछिल्लो दुई हप्ता दोस्रो किस्ता लिने लाभग्राही सूचीमा आठ हजार तीन सय ७५ जना थपिएका छन् । एकाइको तथ्यांकमा जेठ २९ गतेसम्म २५ हजार एकजनाले दोस्रो किस्ता लिएका थिए । आइतबार (असार ११) सम्म यो संख्या ३३ हजार तीन सय ७६ पुगेको छ । 

पछिल्लो तथ्यांकअनुसार १४ जिल्लामा तेस्रो किस्ता लिने लाभग्राही संख्या एक हजार आठ सय १४ पुगेको छ । जेठ २९ मा यो संख्या एक हजार चार सय ९६ थियो ।

त्यस्तै, यस अवधिमा पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझ्ने लाभग्राही सूचीमा एक हजार पाँच सय ४४ जना थपिएका छन् । आइतबारसम्मको तथ्यांकअनुसार पाँच लाख ६३ हजार एक सय ५८ जनाले पहिलो किस्ता बुझेका छन्  । पहिलो किस्ता भुक्तानीका लागि पाँच लाख ५७ हजार चार सय ६१ जनासँग अनुदान सम्झौता सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको तथ्यांक छ ।

लाभग्राही सूचीमा परेका भूकम्पपीडितले निजी आवास निर्माणका लागि सरकारबाट तीन किस्तामा तीन लाख रुपैयाँ अनुदान पाउने व्यवस्था छ । लाभग्रहीलाई पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख रुपैयाँ प्रदान गर्ने प्राधिकरणको निजी आवास निर्माण अनुदान वितरण कार्र्य्विधिमा उल्लेख छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।