logo

भूकम्प पुनर्निर्माणले गति लिँदै

    1704   पटक पढिएको

१३ असार / अर्थ र व्यापार – स्थानीय तहमा जनप्रतिनिधि निर्र्वा्चित भएसँगै भूकम्प पुनर्निर्माणले गति लिन थालेको छ । निर्वाचन सम्पन्न भएपछि भूकम्प अति प्रभावित १४ जिल्लामा घर निर्माण सुरु गर्ने लाभग्राहीको संख्या बढ्ने क्रममा देखिएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइको तथ्यांकमा गत चैत मसान्तसम्म ४७ हजार नौ सय ३३ लाभग्राहीले निजी आवास निर्माण सुरु गरेका थिए । यो संख्या आइतबार (असार ११) सम्म ९४ हजार दुई सय ४५ पुगेको छ । यस अवधीमा घर निर्माण सुरु गर्नेको सूचीमा ४६ हजार तीन सय १२ लाभग्राही थपिएका छन् ।  

पछिल्लो तथ्यांकअनुसार घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या २८ हजार सात सय ५७ पुगेको छ । चैत मसान्तसम्म यो संख्या २१ हजार ६ सय १९ थियो । यो सूचीमा पछिल्लोपटक सात हजार एक सय ३८ जना थपिएका हुन् ।

त्यस्तै, चैत २७ मा दोस्रो किस्ताको लागि निवेदन दिने लाभग्राही संख्या ३० हजार आठ सय ५४ रहेकोमा आइतबारसम्म यो संख्या ५८ हजार एक सय २१ पुगेको छ । तीमध्ये दोस्रो किस्ता भुक्तानीका लागि ४४ हजार लाभग्राहीको प्रमाणिकरण सम्पन्न भएको एकाईको तथ्यांक छ ।

आइतबारसम्म तेस्रो किस्ताका लागि निवेदन दिने लाभग्राही संख्या तीन हजार पाँच सय सात पुगेको छ । चैत २७ मा यो संख्या एक हजार पाँच सय ५७ थियो ।

पछिल्लो समय दोस्रो किस्ताको अनुदान लिने लाभग्राहीको संख्या बढ्ने क्रमले गति लिएको देखिन्छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइको तथ्यांक अनुसार पछिल्लो दुई हप्ता दोस्रो किस्ता लिने लाभग्राही सूचीमा आठ हजार तीन सय ७५ जना थपिएका छन् । एकाइको तथ्यांकमा जेठ २९ गतेसम्म २५ हजार एकजनाले दोस्रो किस्ता लिएका थिए । आइतबार (असार ११) सम्म यो संख्या ३३ हजार तीन सय ७६ पुगेको छ । 

पछिल्लो तथ्यांकअनुसार १४ जिल्लामा तेस्रो किस्ता लिने लाभग्राही संख्या एक हजार आठ सय १४ पुगेको छ । जेठ २९ मा यो संख्या एक हजार चार सय ९६ थियो ।

त्यस्तै, यस अवधिमा पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझ्ने लाभग्राही सूचीमा एक हजार पाँच सय ४४ जना थपिएका छन् । आइतबारसम्मको तथ्यांकअनुसार पाँच लाख ६३ हजार एक सय ५८ जनाले पहिलो किस्ता बुझेका छन्  । पहिलो किस्ता भुक्तानीका लागि पाँच लाख ५७ हजार चार सय ६१ जनासँग अनुदान सम्झौता सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको तथ्यांक छ ।

लाभग्राही सूचीमा परेका भूकम्पपीडितले निजी आवास निर्माणका लागि सरकारबाट तीन किस्तामा तीन लाख रुपैयाँ अनुदान पाउने व्यवस्था छ । लाभग्रहीलाई पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख रुपैयाँ प्रदान गर्ने प्राधिकरणको निजी आवास निर्माण अनुदान वितरण कार्र्य्विधिमा उल्लेख छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।