logo

काठमाडौं सुख्खा बन्दरगाहको भौतिक प्रगति ५५ प्रतिशत, टिमुरेको १० प्रतिशत

    2003   पटक पढिएको


१२ मंसिर/अर्थ र व्यापार– काठमाडौंको चोभारमा बन्दै गरेको सुख्खा बन्दरगाहको भौतिक प्रगति ५५ प्रतिशत सकिएको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।

नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आयोजनाको काम तीव्र गतिमा अघि बढेको र ५५ प्रतिशतभन्दा बढी काम भइसकेको बताए ।

आयोजनाको भित्री सडक, कार्यालय भवनलगायत संरचना निर्माण सम्पन्न भएको उनले जानकारी दिए । तोकेकै समयमा निर्माण सम्पन्न गरेर बन्दरगाह सञ्चालनमा ल्याउने गजुरेलले बताए । 

निर्देशक गजुरेलले आयोजनामा पर्ने काठमाडौं–फर्पिङ सडकको नयाँ रुट बनाउने, लोड–अनलोडको संरचना निर्माण गर्ने तथा निर्माण सम्पन्न भएको भित्री संरचनाको अन्तिम काम सक्ने कार्य चलिरहेको पनि गजुरेलले बताए । 

आयोजना सम्पन्न भएपछि व्यापारीहरुले आफ्नो सामान चोभारस्थित काठमाडौं बन्दरगाहबाट आयात तथा निर्यात गर्न सक्नेछन् । 

काठमाडौं केन्द्रित व्यवसायीका लागि निकै महत्वपूर्ण मानिएको बन्दरगाह नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत दुई सय २८ रोपनी जग्गामा बन्दरगाह निर्माणको कामको भइरहेको छ ।

विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा आयोजना अघि बढेको हो । एक वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्ने गरी २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । 

तर वातावरण प्रदुषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयको निरन्तरको अवरोधले ८ महिनापछि मात्रै आयोजनाको शिलान्यास भएको थियो । 

वातावरण प्रदुषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयले गरेको अवरोधका कारण ८ महिनापछि मात्रै आयोजनाको शिलान्यास भएको थियो । भने कोभिड महामारीका कारण १३ महिना सम्म काम हुन सकेन । 

यसैबीच चीनले सहयोग स्वरुप निर्माण थालेको टिमुरे सुख्खा बन्दगाहको भौतिक प्रगति १० प्रतिशत सकिएको छ । भने सुदूरपश्चिमको दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाहको मास्टर प्लान बनाउने कार्य सुरु गरिएको विकास समितिले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।