logo

काठमाडौं सुख्खा बन्दरगाहको भौतिक प्रगति ५५ प्रतिशत, टिमुरेको १० प्रतिशत

    1839   पटक पढिएको


१२ मंसिर/अर्थ र व्यापार– काठमाडौंको चोभारमा बन्दै गरेको सुख्खा बन्दरगाहको भौतिक प्रगति ५५ प्रतिशत सकिएको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।

नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आयोजनाको काम तीव्र गतिमा अघि बढेको र ५५ प्रतिशतभन्दा बढी काम भइसकेको बताए ।

आयोजनाको भित्री सडक, कार्यालय भवनलगायत संरचना निर्माण सम्पन्न भएको उनले जानकारी दिए । तोकेकै समयमा निर्माण सम्पन्न गरेर बन्दरगाह सञ्चालनमा ल्याउने गजुरेलले बताए । 

निर्देशक गजुरेलले आयोजनामा पर्ने काठमाडौं–फर्पिङ सडकको नयाँ रुट बनाउने, लोड–अनलोडको संरचना निर्माण गर्ने तथा निर्माण सम्पन्न भएको भित्री संरचनाको अन्तिम काम सक्ने कार्य चलिरहेको पनि गजुरेलले बताए । 

आयोजना सम्पन्न भएपछि व्यापारीहरुले आफ्नो सामान चोभारस्थित काठमाडौं बन्दरगाहबाट आयात तथा निर्यात गर्न सक्नेछन् । 

काठमाडौं केन्द्रित व्यवसायीका लागि निकै महत्वपूर्ण मानिएको बन्दरगाह नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत दुई सय २८ रोपनी जग्गामा बन्दरगाह निर्माणको कामको भइरहेको छ ।

विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा आयोजना अघि बढेको हो । एक वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्ने गरी २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । 

तर वातावरण प्रदुषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयको निरन्तरको अवरोधले ८ महिनापछि मात्रै आयोजनाको शिलान्यास भएको थियो । 

वातावरण प्रदुषण, मुआब्जा लगायत कारण देखाएर स्थानीयले गरेको अवरोधका कारण ८ महिनापछि मात्रै आयोजनाको शिलान्यास भएको थियो । भने कोभिड महामारीका कारण १३ महिना सम्म काम हुन सकेन । 

यसैबीच चीनले सहयोग स्वरुप निर्माण थालेको टिमुरे सुख्खा बन्दगाहको भौतिक प्रगति १० प्रतिशत सकिएको छ । भने सुदूरपश्चिमको दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाहको मास्टर प्लान बनाउने कार्य सुरु गरिएको विकास समितिले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।