८ चैत्र /अर्थ र व्यापार - त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका पूर्व प्राध्यापक अर्थविद डा मदनकुमार दाहालको निधन भएको छ । दाहालको उपचारका क्रममा केएमसी अस्पताल, काठमाण्डौमा निधन भएको हो । दाहालको नौ दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो । दाहाल पेंक्रियाज सम्वन्धि रोगबाट पीडित थिए ।
त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक दाहाल रही अवकास भइसकेका दाहाल सो विभागका प्रमुख पनि भएका थिए । उनी पछिल्लो समय आर्थिक अनुसन्धानको क्षेत्रमा कृयाशील थिए ।
वित्तीय व्यवस्थापनमा राम्रो दख्खल राख्ने दाहाल केही समय पहिले मेगा बैंकका अध्यक्ष थिए भने नेपाल आर्थिक संघका पनि अध्यक्ष थिए ।
तपाईको प्रतिक्रिया