logo

डा. केसीको जीवन रक्षा गर्न माग गर्दैै कांग्रेसद्वारा संसद अवरुद्ध, भरतपुर अस्पतालमा दोस्रो दिनपनि प्रदर्शन

    1321   पटक पढिएको


२२ आषाढ/अर्थ र व्यापार– प्रमुख प्रतिपक्षी कांग्रेसले शुक्रबार डा. केसीको जीवन रक्षा गर्न माग गर्दैै संसदमा जरुरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेको थियो । 

तर प्रस्ताव कार्यसूचीमा नपरेपछि बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका छन् । 

सभामुखले समय दिएपछि प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको शुक्रबार नै छलफल गर्नु पर्ने नभए सदन अघि बढ्न नसक्ने बताए । 

सभामुख कृष्णबहादुर महराले सदन सुचारु गर्न सहयोग माग्दै संसद नियमावलीको नियम ७१ को ३ अनुसार मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिए ।

तर, कांग्रेस सांसदहरुले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै सदन अवरुद्ध गरिरहे पछी संसद बैठक आधा घन्टालाई स्थगित गरिएको छ ।

भरतपुर अस्पतालमा दोस्रो दिनपनि प्रदर्शन

अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चितनवको भरतपुर अस्पतालका चिकित्सकहरुले शुक्रबार दोस्रो दिनपनि अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । 

विहान १० वजेदेखि १५ मिनेट प्रदर्शन गरिएको चिकित्सक संघ चितवनका अध्यक्ष डा. प्रकाश खतिवडाले बताए । डा.खतिवडाले चिकित्सकहरुले अहिले डा. केसीको जीवन रक्षाको माग मात्रै गरेको बताए । 

संघ आवद्ध चिकित्सक र भरतपुर अस्पतालमा काम गर्ने अन्य स्वास्थ्यकर्मीहरुले बिहीवार पनि १० मिनेट प्रदर्शन गरेका थिए । संघको बिहीबार नै बसेको बैठकले मौन रुपमा हरेक दिन १० देखि १५ मिनेटसम्म प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

संघका सचिव डा. भोजराज अधिकारीले अस्पतालको उपचार सेवालाई प्रभाव नपार्ने गरी प्रदर्शन गरिने बताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।