logo

डा. केसीको जीवन रक्षा गर्न माग गर्दैै कांग्रेसद्वारा संसद अवरुद्ध, भरतपुर अस्पतालमा दोस्रो दिनपनि प्रदर्शन

    1460   पटक पढिएको


२२ आषाढ/अर्थ र व्यापार– प्रमुख प्रतिपक्षी कांग्रेसले शुक्रबार डा. केसीको जीवन रक्षा गर्न माग गर्दैै संसदमा जरुरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेको थियो । 

तर प्रस्ताव कार्यसूचीमा नपरेपछि बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका छन् । 

सभामुखले समय दिएपछि प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको शुक्रबार नै छलफल गर्नु पर्ने नभए सदन अघि बढ्न नसक्ने बताए । 

सभामुख कृष्णबहादुर महराले सदन सुचारु गर्न सहयोग माग्दै संसद नियमावलीको नियम ७१ को ३ अनुसार मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिए ।

तर, कांग्रेस सांसदहरुले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै सदन अवरुद्ध गरिरहे पछी संसद बैठक आधा घन्टालाई स्थगित गरिएको छ ।

भरतपुर अस्पतालमा दोस्रो दिनपनि प्रदर्शन

अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चितनवको भरतपुर अस्पतालका चिकित्सकहरुले शुक्रबार दोस्रो दिनपनि अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । 

विहान १० वजेदेखि १५ मिनेट प्रदर्शन गरिएको चिकित्सक संघ चितवनका अध्यक्ष डा. प्रकाश खतिवडाले बताए । डा.खतिवडाले चिकित्सकहरुले अहिले डा. केसीको जीवन रक्षाको माग मात्रै गरेको बताए । 

संघ आवद्ध चिकित्सक र भरतपुर अस्पतालमा काम गर्ने अन्य स्वास्थ्यकर्मीहरुले बिहीवार पनि १० मिनेट प्रदर्शन गरेका थिए । संघको बिहीबार नै बसेको बैठकले मौन रुपमा हरेक दिन १० देखि १५ मिनेटसम्म प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

संघका सचिव डा. भोजराज अधिकारीले अस्पतालको उपचार सेवालाई प्रभाव नपार्ने गरी प्रदर्शन गरिने बताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।