१४ चैत्र /अर्थ र व्यापार - शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. गोविन्द केसीको तलव रोक्का भएको छ । डा. केसीले ८४ दिनसम्म हाजिरी नगरेपछि शिक्षण अस्पताल महाराजगञ्जले तलव रोक्का गरिदिएको हो । स्रोतका अनुसार शिक्षण अस्पतालले डा. केसीलाई ८४ दिनसम्म कता हराएको भनेर स्पष्टीकरण सोधेको छ । तर, डा. केसीले शिक्षण अस्पताल महाराजगञ्जलाई चित्त बुझ्ने जवाफ दिन सकेका छैनन् ।
पछिल्लो पटक अनशन बसेका डा.केसीले शिक्षण अस्पतालका निर्देशकलाई एसएमएस पठाएर विदा मागेका थिए । तर, डा. केसीले लिखित रुपमा विदा मागेका छैनन् । कानूनतः डा. केसीले लिखित रुपमा आफ्नो विदा स्वीकृत गराउनुपर्छ । तर, उनले अनशन बस्ने बेला विदा स्वीकृत गराएनन् ।
डा. केसीको उद्देश्य राजनीतिक रहेपनि विदा स्वीकृत नै नगराई अनशन बसेपछि उनी हाजिर नगरी गयल भएका छन् । विदा स्वीकृत नै नगराई ८४ दिनसम्म गयल भएपछि डा. केसीको हाजिरीका आधारमा तलव रोक्का भएको हो । डा. केसीले हाजिर नगरेको दिनको पनि तलव र भत्ता दाबी गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया