२ पुस/ अर्थ र व्यापार - प्रा. डा. गोविन्द केसीले सरकारलाई थप दुई साताको समय दिएका छन् । चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने लगायतका माग राख्दै डा. केसीले सरकारलाई पुस २ को अल्टिमेटम दिएका थिए । नभए ३ गतेबाट आमरण अनसन बस्ने बताएका थिए ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक अगाडि बढाउन केही समय लाग्ने जानकारी गराएको भन्दै डा. केसीले अनसन दुई सातापछि पारेका छन् ।
मागहरु पुरा नभए पुस १७ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने जानकारी गराउँछौं’ उनले भनेका छन् ।
तपाईको प्रतिक्रिया