logo

डलर बलियो हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर, महंगी बढ्ने जोखिम

    1956   पटक पढिएको

 
३१ साउन/अर्थ र व्यापार– गत मंगलबार ईतिहासमै सबैभन्दा कमजोर बनेको नेपाली रुपैयाँ बिहीबार झनै कमजोर बनेको छ । 

बिहीबारका लागि राष्ट्र बैंकले एक डलरको भाउ ११२ रुपैयाँ १४ पैसा तोकेको थियो । तर बिहीबार बैंकहरुले एक डलर ११२ रुपैयाँ ८० पैसासम्म कारोबार गरेका छन् । भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ अरु सस्तिन पुग्यो । 

बिहीबार बजार खुलेपछि नेपाल एसबिआइले एक डलर बराबर ११२ रुपैयाँ ८० पैसासम्म कारोबार गरेको छ । नबिलले ११२ रुपैयाँ ६० पैसा, ग्लोबल आइएमइ ११२ रुपैयाँ ५५ पैसा र एभरेष्ट बैंक ११२ रुपैयाँ ७० पैसामा कारोबार गरेका छन् । 

डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । नेपाल राष्ट्र बैंकको बैशाखसम्मको तथ्यांक अनुसार नेपालमा ६ खर्ब ६ खर्ब ८५ करोड रुपैयाँ भित्रिएको छ । 

बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ । हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ । बैशाखसम्म नेपालले निर्यात ब्यापार ६६ खर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान छ । नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने वस्तु तथा सेवाहरु महँगो पर्ने छ । 

बैशाखसम्म ९ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको आयात भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ । 

पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । उत्पादित बस्तुको लागत वृद्धि भएपछि यसको असर सिधै उपभोक्य वस्तुको मूल्यमा देखा पर्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।