logo

डिस होमको क्रेडिट सर्भिस अब पाँच दिन कायम हुने, तत्काल रिचार्ज गर्न नभ्याउने ग्राहकलाई सहज

    1549   पटक पढिएको

२३ मंसिर / अर्थ र व्यापार -  डिस होमले क्रेडिट सर्भिस लम्ब्याएर पाँच दिनसम्म पुर्याएको छ।  आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि तीन दिन सम्म थप म्याद दिँदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि पाँच दिन पुर्याएको हो। यसका साथै ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप पाँच दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्ने डिस होमले जनाएको छ।

नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने पनि डिस होमले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
कम्पनीका अनुसार यो प्रक्रिया सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालन हुने छ जसकालागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु पर्ने छैन ।

डिस होमले यो सेवा ग्राहकहरुले आफ्नो सेवा रिचार्ज गर्नलाई ग्रेस(सुविधा) अवधिको रुपमा उपलब्ध गराइने बताएको छ । यस प्रकारको सेवाबाट विशेष गरी तत्काल रिचार्ज गर्न समस्या हुने ग्रामीण भेगका ग्राहकहरु लाभान्वित हुनेछन् ।

यो सेवाको कारण अचानक सेवा टुट्न गएको अवस्थामा तत्काल सेवा नवीकरण सुविधा उपलब्ध हुने हुँदा ग्राहकहरुको टेलिभिजन हेर्ने अनुभवलाई थप विस्तार गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार डिसहोम क्रेडिट सर्भिस सेल्फ–सर्भिस मोडल सेवा हो जुन ग्राहकहरुको सुगमता अनुरुप डिसहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिसहोम मोबाइलएपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिन्छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।