logo

नेपाल र संयुक्त राज्य अमेरिकाबीच १७ वर्षपछि उच्चस्तरीय औपचारिक छलफल

    1309   पटक पढिएको

४ पुस /अर्थ र व्यापार   - नेपाल र संयुक्त राज्य अमेरिकाबीच १७ वर्षपछि भएको उच्चस्तरीय औपचारिक छलफलमा उत्तर कोरियाको बारेमा समेत छलफल भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोबीच भएको औपचारिक वार्तामा क्षेत्रीय मुद्दामा नेपालको भूमिकाबारे छलफल भएको हो ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दुई देशका विदेशमन्त्रीस्तरीय वार्तालाई ऐतिहासिक बैठक भनिएको छ । नेपालसँगको बलियो सहकार्यका लागि अमेरिकाको प्रतिबद्धता समेत व्यक्त गरिएको विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका सहप्रवक्ता रोवर्ट पाल्लानिडोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, दुई नेताबीच उत्तर कोरियासहित इण्डो प्यासिफिक क्षेत्रको समृद्धि तथा स्वतन्त्रताको सन्दर्भमा नेपालको केन्द्रीय भूमिकाबारे छलफल भयो ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार मन्त्री ज्ञवाली र पोम्पियोबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत र फराकिलो पार्ने सहमति भएको छ । भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध तथा सहकार्यबारे छलफल भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाललाई सन् २०३० भित्र मध्यम आयस्तरको मुलक बनाउने लक्ष्यअनुसार नेपाल सरकारले काम गरिरहेको जानकारी गराएका थिए । साथै उनले राजनीतिक भ्रमण र अनुभव आदान प्रदानको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताए । साथै व्यापार, लगानी र आर्थिक सहायताको क्षेत्रमा विशेष ध्यान दिन सकिने मन्त्री ज्ञवालीले बताएका थिए ।

सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेल नेपाल आएयता दुई देशबीच औपचारिक भ्रमण भएको थिएन । अमेरिकी विदेशमन्त्रीको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोली हाल अमेरिकामा छ । आजै दुवै देशका उच्च अधिकारीहरु सम्मिलित संयन्त्रको बैठक समेत बसेको छ । सो बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गरेका छन् । नेपालको विकासमा अमेरिकी सहयोगका क्षेत्र विस्तारबारे बैठक केन्द्रित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।