logo

नेपाल र संयुक्त राज्य अमेरिकाबीच १७ वर्षपछि उच्चस्तरीय औपचारिक छलफल

    1163   पटक पढिएको

४ पुस /अर्थ र व्यापार   - नेपाल र संयुक्त राज्य अमेरिकाबीच १७ वर्षपछि भएको उच्चस्तरीय औपचारिक छलफलमा उत्तर कोरियाको बारेमा समेत छलफल भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोबीच भएको औपचारिक वार्तामा क्षेत्रीय मुद्दामा नेपालको भूमिकाबारे छलफल भएको हो ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दुई देशका विदेशमन्त्रीस्तरीय वार्तालाई ऐतिहासिक बैठक भनिएको छ । नेपालसँगको बलियो सहकार्यका लागि अमेरिकाको प्रतिबद्धता समेत व्यक्त गरिएको विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका सहप्रवक्ता रोवर्ट पाल्लानिडोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, दुई नेताबीच उत्तर कोरियासहित इण्डो प्यासिफिक क्षेत्रको समृद्धि तथा स्वतन्त्रताको सन्दर्भमा नेपालको केन्द्रीय भूमिकाबारे छलफल भयो ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार मन्त्री ज्ञवाली र पोम्पियोबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत र फराकिलो पार्ने सहमति भएको छ । भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध तथा सहकार्यबारे छलफल भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाललाई सन् २०३० भित्र मध्यम आयस्तरको मुलक बनाउने लक्ष्यअनुसार नेपाल सरकारले काम गरिरहेको जानकारी गराएका थिए । साथै उनले राजनीतिक भ्रमण र अनुभव आदान प्रदानको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने बताए । साथै व्यापार, लगानी र आर्थिक सहायताको क्षेत्रमा विशेष ध्यान दिन सकिने मन्त्री ज्ञवालीले बताएका थिए ।

सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेल नेपाल आएयता दुई देशबीच औपचारिक भ्रमण भएको थिएन । अमेरिकी विदेशमन्त्रीको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोली हाल अमेरिकामा छ । आजै दुवै देशका उच्च अधिकारीहरु सम्मिलित संयन्त्रको बैठक समेत बसेको छ । सो बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गरेका छन् । नेपालको विकासमा अमेरिकी सहयोगका क्षेत्र विस्तारबारे बैठक केन्द्रित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।