२९ षुस / अर्थ र व्यापार - व्यवस्थापिका संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद् भवन भत्काउन निर्देशन दिएको छ । समितिकी सभापति कल्याणी खड्काले पुरानो भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिएकी हुन् ।
मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि उनले पुरानो संसद् भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिइएको हो ।
खड्काले पुरानो भवनको मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएकी हुन् । तर, पूरातत्त्व विभाग भने भवन नभत्काई अहिलेकै स्वरुपमा प्रवलीकरण गर्नुपर्ने राय राखेको थियो ।
भूकम्पका कारण क्षतिग्रस्त सो भवन भत्काउने कि नभत्काउने भन्ने विषयमा हालसम्म प्राधिकरण, मन्त्रालय र पूरातत्त्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ ।
तपाईको प्रतिक्रिया