logo

पर्यटन व्यवसायिहरुद्वारा धुर्मस सुन्तली फाउण्डेसनलाई ८ लाख सहयोग

    2789   पटक पढिएको

१५ जेष्ठ / अर्थ र व्यापार- एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर पर्यटन व्यवसायिहरुको तर्फवाट वीर हस्पिटल सरसफाईको लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । ४२ जना पर्यटन व्यवसायिहरुवाट संकलित रु.आठ लाख पन्ध्र हजार दुई सय तीस धुर्मुस सुन्तली फाउण्डेसनका सिताराम कट्ट्ेल (धुर्मुस) लाई हस्तान्तरण गरियो ।

सो रकम हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा, नेपाल योग एशोशियसनका महासचिव तथा लेखक राजन सिंखडा, टानका पूर्व कोषाध्यक्ष लिलावल्दव दाहाल, ठमेल पर्यटन विकास परिषदका महासचिव भवि शर्मा, पर्यटन व्यवसायिहरु बुद्धि ईटानी,हरि धरेल लगायतका अन्य व्यवसायिहरुको पनि उपस्थिति रहेको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले समाजका लागी केहि गरौं भन्ने पवित्र उद्देश्यका साथ गाउँ–गाउँ वाट आउने गरिव जनताले उपचार गर्ने वीर अस्पतालको वातावरण सुधारका लागी ईच्छुक पर्यटक व्यवसायिहरुवाट सहयोग संकलन गरि सो रकम हस्तान्तरण गरिएको वताए । त्यसमाथि पर्यटन व्यवसायिहरुको पर्वका रुपमा रहेको सगरमाथा दिवसका दिन सहयोग हस्तान्तरण गर्नु गर्वको विषय रहेको उनले वताए । त्यस्तै नेपाल योग एशोसियसनका महासचिव तथा लेखक राजन सिम्खडाले धुर्मुस सुन्तली फाउण्डेसनले गरेको सकारात्मक काममा आँफुहरु पनि सानै सहयोगले पनि जोडिन पाउनु खुशीको विषय रहेको वताए ।“मेरो देश मैले नबनाए कसले बनाउँछ” भन्ने बोध सम्पूर्ण नेपालीहरुमा भए देश चाँडै बन्ने सिम्खडाले वताए ।

सहयोग रकम बुझ्दै कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्ट्ेल (धुर्मुस) ले वीर हस्पिटलको एउटा छुट्टै महत्व रहेकोले त्यसलाई जीवन्त राख्न आँफुहरुले वीर हस्पिटल सरसफाई अभियान चलाएको वताए । सवैको प्रयासले वीर हस्पिटललाई नमुना हस्पिटल बनाईनुका साथै यसको बाहिरी र भित्रि आवरण पनि सच्चिने उनले वताए ।“हालसम्म वीर हस्पिटलमा ४७ लाख खर्च भईसकेको र यो यस अभियानमा प्राप्त ठूलो सहयोग हो”–उनले भने ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।