logo

स्मार्ट्सिटी बनाउने भएपछि उपत्यकाको चार स्थानमा जग्गा कित्ताकाट गर्न प्रतिबन्ध

    1311   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार-काठमाडौ उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र सबै सुविधा सहितको चार नयाँ शहर (स्मार्ट सिटी) बनाउने तयारी सुरु गरेको छ ।

जग्गा यकिन गरेर काठमाडौ,भक्तपुर,ललितपुर तिनै जिल्लाका शहर बन्ने क्षेत्रमा कित्ताकाट तथा नयाँ संरचना निर्माणमा प्राधिकरणले रोक लगाएको छ । करिब १ लाख ३० हजार रोपनी क्षेत्रफलमा चार नयाँ शहर निर्माणको योजना अघि बढेको छ ।

काठमाडौं लगायतका वरपर आफुखुशी प्लटिङ र आवास बनाउने कार्यले शहरनै कुरुप बनेपछि सरकारले सबै सुविधाहितको व्यवस्थित शहर बनाउने निर्णय गरेको थियो।

प्राधिकरणले बनाउन लागेको शहरमा विद्यालय, अस्पताल,बैक तथा वित्तिय संस्था, फिल्म हल लगायतका सबै सुविधा हुनेछन्।शहरभित्रै अत्यावश्यक सरकारी कार्यालय समेत हुनेछ।

यो शहरभित्र डिर्पाटमेन्टल स्टोरदेखि अन्य व्यवसायिक पसल समेत हुनेछ।शहर निर्माण गर्ने योजना अघिल्लो आर्थिक वर्षको बजेटमा समावेश थियो।

प्राधिकरणले यो वर्ष विस्तृत अध्ययन प्रतिवेदनका लागि टेण्डर गरेर मूल्यांकन समेत गरिसकेको छ । मूल्यांकनपछि प्लानिङ गर्ने र सबै सरोकारवाला निकायलाई राखेर छलफल गरेर अन्तिम रुप दिएको प्रतिवेदन प्राधिकरणलाई पेश गर्नेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।