२८ साउन/अर्थ र व्यापार– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक तथा पुल निर्माणमा ढिलाई गर्ने देशभरका डेढ सय भन्दा बढी निर्माण कम्पनीहरु कारवाहीमा गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक निर्माणका क्रममा ठेकेदार कम्पनीहरुले गर्ने ढिलाई अब अन्त्य हुने बताउदै, निर्माण ढिला गर्नेको ठेक्का रद्द समेत गर्ने बताएका हुन् ।
मन्त्री महासेठले महासेठले अन्य निर्माण कम्पनीहरुलाई पनि भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण गरीसक्न निर्देशन दिएकोे बताए ।
केही निर्माण कम्पनीलाई अन्तिम चेतावनी दिइएको र अन्तिम पटक समय उपलब्ध गराउँदा पनि निर्माण हुन नसके जरिवानासहित ठेक्का पनि रद्ध गर्ने उनको भनाई थियो ।
साथै मन्त्री महासेठले यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्ने र ठेकेदार कम्पनीलाई कारबाही गर्ने विषयमा गृहमन्त्रीसँग आफ्नो कुनै मनमुटाव नभएको प्रष्ट्याए ।
तपाईको प्रतिक्रिया