३ भदौ/अर्थ र व्यापार– नेपाल शिक्षक महासंघको आव्हानमा आइतबार देखि देशैभरका शिक्षकहरु बिभिन्न माग राखेर आन्दोलित भएका छन् ।
अस्थायी शिक्षकको अबिलम्ब परीक्षा गरिनुपर्ने, उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको ब्यवस्था गरी स्थायित्वको प्रक्रिया थाल्नुपर्ने, स्थानीय तहले गरिरहेको जथाभावी शिक्षक नियुक्ति, सरुवा र बर्खास्ती रोक्नुपर्ने, स्थानीय तहको मनपरी नीति नियम निर्माण रोकिनुपर्ने जस्ता माग गर्दै आन्दोलन गरेका हुन् ।
साथै, शिक्षक र कर्मचारीको समय सापेक्ष तलब बृद्धि गर्नुपर्ने, महिला शिक्षकको प्रसुति बिदा ६ महिना हुनुपर्ने र उक्त अवधिमा सट्टा शिक्षकको व्यवस्था गरिनुपर्ने लगायतका २६ बुँदे माग राखी शिक्षकहरु आन्दोलित भएका हुन् ।
तपाईको प्रतिक्रिया