logo

नेपाल राष्ट्र बैंक फर्किए डेपुटी गभर्नर श्रेष्ठ

    1405   पटक पढिएको

६ माघ / अर्थ र व्यापार - सरकारले सम्पत्ति शुद्धिकरणमा असहयोग गरेको, नेपाल राष्ट्र बैंकलाई क्षति पुर्याउने काम गरेको लगायतको अभियोग लगाएर छानविनमा परेपछि बर्खास्तमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठ ७७ दिनपछि काममा फर्केका छन् । उनलाई सोमबार अर्थमन्त्रायले निर्दोष रहेको भन्दै पत्र दिएपछि सोमबार नै राष्ट्र बैंकमा हाजिर भएका छन् ।

दोस्रो पटक पदभार ग्रहण गर्दै डेपुटी गभर्नर श्रेष्ठले ढिलै भएपनि न्याय पाएको बताए । उनले बेनामे उजुरी हालेर सरकार आफ्नो समय बर्वाद पारेको आरोप लगाएका छन् । उनले भने, ‘बेनामे उजुरी हालेर म माथि छानबीन गराउनेहरुको समय पनि बर्बाद भयो ।’

डेपुटी गभर्नर श्रेष्ठले आफूविरुद्धमा उजुरी गर्नेहरुलाई चिनेको आशय व्यक्त गर्दै नेपाल राष्ट्र बैंकविरुद्धको षडयन्त्र असफल भएको समेत बताएका छन् । उनले उजुरी हाल्न लगाउने गिरोहले नेपाल राष्ट्र बैंकका विरुद्धमा ठूलै षडयन्त्र गरिरहेको समेत आशंका व्यक्त गरेका छन् ।

उनले झूठा आरोप लगाएर आफूलाई फसाउनेको षडयन्त्रका कारण नेपाल राष्ट्र बैंकको धेरै कामहरु रोकिएको बताउँदै आफू पनि मानसिक तनावमा फसेको बताए । उनले आगामी दिनमा अझै प्रतिबद्ध भएर काम गर्न उच्च मनोबल प्राप्त भएको बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।