logo

विवाह पञ्चमीमा नसक्ने भएपछि रेल सञ्चालन गर्ने नयाँ भाका पुस मसान्त 

    1835   पटक पढिएको


२६ मंसिर/अर्थ र व्यापार– नेपाल रेल्वे विभागका अधिकारीहरुले दिएको विवाह पञ्चमीको भाकामा रेल सञ्चालनमा नआउने भएको छ ।

पुस ४ गते विवाह पञ्चमीका दिनबाट रेल सञ्चालन गर्न नसकिने रेल विभागका महानिर्देशक गुरुप्रसाद भट्टराईले बताए । अब नयाँ भाका पुस मसान्तसम्म रेल सञ्चालनमा ल्याउने भट्टराईले बताए ।

भन्सार शुल्क बाहेक ८३ करोड ९३ लाख ६० हजारमा खरिद गरी ल्याइएको १६०० एचपी डेमुको दुई वटा रेल अहिले धनुषाको इनर्वामा पार्किङ्ग गरेर राखिएको छ ।

यो रेल भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिवाससम्म सञ्चालन गर्ने योजना छ । पहिलो चरणमा लिक बनेको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालन गर्ने विभागको तयारी छ ।

विभागले अब नयाँ भाका पुस मसान्तसम्म रेल सञ्चालनमा ल्याउने बताएपनि रेल सञ्चालनमा आउछ भन्ने निश्चित शुने अवस्था छैन । रेल सञ्चालनमा नआउँदै रेल्वे ट्रयाकबाट झण्डै १८ हजार क्लिप चोरी भइसकेको छ ।

रेल विभागका साइट इन्चार्ज विनोद ओझाले अनुगमनक क्रममा रेल्वे ट्रयाकबाट झण्डै १८ हजार क्लिपहरु चोरी भएको पाइएको जानकारी दिए ।

कर्मचारीको अभाव र क्लिप चोरी मात्र होइन, रेल्वे सञ्चालनका लागि कानुनको समेत अभावले गर्दा पुस मसान्तसम्म रेल सञ्चालन हुने आधार देखिन्न ।

विभागका महानिर्देशक भट्टराईले कानुनी अभाव पूर्ति गर्न अध्यादेश ल्याउने तयारी भइरहेको बताए । भट्टराईले अध्यादेशको मस्यौदा तयार भइसकेको जानकारी दिए ।

महानिर्देशक भट्टराईले नेपालले मात्र कानुन बनाएर नहुने भन्दै भारतले पनि कानुन बनाउनुपर्ने बताए । दईतिर नै कानुन बनेपछि मात्रै दुई देशबीच रेल संचालन गर्ने सम्झौता हुने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।