६ भदौ / अर्थ र व्यापार – दशैको अवसर पारी राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । मेला इभेन्ट सोलुसनले आयोजना गर्न लागेको हो । भदौ २१ गतेबाट २६ गतेसम्म आयोजना हुन लागेको स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबश्यक सामाग्रीहरुको कारोबार हुने छ ।
मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, मोबाइल, कस्मेटिक, इलेक्ट्रोनिक्स, फुड प्रडक्ट र होम एप्लाइन्सेन्ससम्मको कारोबार हुनेछ । एक सयभन्दा बढि स्टल रहने मेलामा खाद्यान्नहरु बिशेष छुटमा पाइने छ । ६ दिनसम्म चल्ने मेलाका लागि ८० प्रतिशतभन्दा बढि स्टल बुक भइसकेको छ ।
3उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा सामान किन्न सर्बसाधारण आउने अनुमान गरिएको छ । ५० ह3जार बढी उपभोक्ता मेला स्थलमा आउने अनुमान आयोजकले गरेको छ ।
तपाईको प्रतिक्रिया