३ भदौ/अर्थ र व्यापार– २५ मेगावाटको दर्वाङ्ग म्याग्दी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।
म्याग्दीको दर्वाङ्ग बाबियाचौर गाउँपालिकामा निर्माण हुने दर्वाङ्ग म्याग्दी जलविद्युत आयोजनाको कर्जा लगानी सम्झौता भएको हो ।
परियोजनामा लगानी गर्न प्रवर्द्धक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजना निर्माण कालिका हाईड्रो लिमिटेडले गर्नेछ । आगामी ३ बर्षभित्र निर्माणआयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
परियोजनामा सानिमा बैंक, प्रभु बैंक, कुमारी बैंक, सेञ्चुरी कमर्सियल बैंक, महालक्ष्मी विकास बैंक र मुक्तिनाथ विकास बैंकले आयोजनाको कुल लागतको ७० प्रतिशत रुपैयाँ ऋण लगानी गर्ने छन् ।
आयोजनाबाट वार्षिक १५ करोड युनिट बिजुली उत्पादन हुनेछ ।
तपाईको प्रतिक्रिया