logo

नेपालमा डाबर प्रवेश गरेको २५ वर्ष पुग्यो

    1713   पटक पढिएको

२७ असार / अर्थ र व्यापार –  बहुराष्ट्रिय कम्पनी डाबर नेपालमा स्थापना भएको २५ वर्ष पुगेको छ । डाबर नेपाल सन् १९८९मा स्थापना भएको थियो भने व्यवसायिक उत्पादन सन् १९९२ बाट सुरु भएको थियो । पहिलो वर्ष ५३ लाख कारोबार गरेको यो कम्पनीले अहिले १० अर्बको कारोबार गर्छ । कम्पनीले प्रत्यक्ष रुपमा एक हजारलाई रोजगारी दिएको छ भने अप्रत्यक्ष रुपमा २० हजारलाई रोजगारी दिएको छ ।

डाबरले रियल जुस, च्यवनप्रास, टुथपेष्ट, अमला हेयर आयल, हनी, डावर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोठइस्टाइल, ओडोनिल इत्यादि उत्पादन गर्दै आएको छ । कम्पनीले गत वर्ष कार्यक्रम गरेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपालका लागि भारतीय राजदूत मनजीत पुरी, डाबर इण्डिया लिमिटेडका अध्यक्ष आनन्द वर्मन, प्रमुख कार्यकारी अधिकृत सुनिल दुग्गल र डाबर नेपाल प्रालिका प्रबघन्ध निर्देशक रुक्मशम्शेर राणा सहभागी थिए । सन् १९८४ मा श्री एस के वर्मनले स्थापना गर्नुभएको डावर अहिले आयुर्र्वेिदक र प्राकृतिक स्वास्थ्यको क्षेत्रमा सबभन्दा ठूलो कम्पनीको रुपमा स्थापित छ ।

डाबरसँग संसारभर १९ भन्दा बढी विश्वस्तरीय उत्पादन केन्द्रहरु छन् । नेपाल सहित विश्वका ७ राष्ट्र युनाइटेड अरव इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलंका, वंगलादेश र भारतमा १२ वटा गरी जम्मा १९ वटा यसका उत्पादन केन्द्रहरु छन् । डाबरका उत्पादनहरु विश्वका १२० राष्ट्रका ६० लाख पसलहरुमा उपलब्ध छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।