logo

क्रेजि सेल मेला असार १७ गतेसम्म हुने

    1515   पटक पढिएको

१२ असार / अर्थ र व्यापार – शिखर शुजको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको क्रेजि सेल मेला यहि असार १७ गतेसम्म हुने भएको छ । यस मेलामा उपभोक्ताले सस्तो मुल्यमा आर्कषक जुत्ता चप्पल पाउने हुँदा ग्राहकको मागलाई ध्यानमा मेलाको समय अवधि ६ दिन थप गरिएको हो । यस मेलालाई हजारौ उपभोक्ताहरुले अभिरुचीपुर्वक अवलोकन गरिसकेका छन् । क्रेजि सेल मेलामा गर्मी याम लक्षित गरि नयाँ डिजाइनका जुत्ता तथा चप्पलहरु बिक्रि वितरणमा ल्याइएको छ ।

नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु भृकुटीमण्डपको क्रेजि सेल मेलामा तथा शिखर सुजका शो रुमहरुमा मात्र उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा ८५ प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ भने मेलामा ३८, ३९ र ४० नम्बरका जुत्ता चप्पलमा छुट पछि पनि छुटको व्यवस्था गरिएको छ । मेलामा रु. १०० देखि रु. ५ हजार सम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ । यस मेलामा उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने छ ।

शिखर शुजद्वारा उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु हो । शिखर सुज ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु क्रेजि सेल मेलामा उपलब्ध छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।