logo

कैलाश र मनाङले पायो कोभिड बिरामीको उद्धार उडान अनुमति

    1841   पटक पढिएको


२८ मंसिर/अर्थ र व्यापार– कैलाश हेलिकोप्टर सार्भिसेज र मनाङ एयरले देशभरिबाट कोभिड–१९ विरामीको उद्धार उडानको लागि अनुमति प्राप्त गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ संगठनको आवश्यक नीती निर्देशनको पालना गरी कैलाश र मनाङले उक्त अनुमति प्राप्त गरेको हो ।

कैलाश हेलिकप्टर कम्पनीका सञ्चालक प्रतापजंग पाण्डेले हेलिप्याड भएका तीनवटा हस्पिटल ह्याम्स, मेडीसिटी र ग्राण्डी हस्पिटलसँग सहकार्य गरेको बताए ।

यस्तै, उद्धार उडानका लागि मनाङ एयरले ह्याम्स हस्पिटलसँग सम्झौता गरिसकेको कम्पनीका सेफ्टी म्यानेजर राजु न्यौपानेले बताए ।

कैलाश र मनाङ दुवै कम्पनीले महावीर पुनद्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको आइसोलेसन ब्याग (पेसियन्ट आइसोलेसन युनिट) प्रयोग गर्ने जनाएका छन् ।

कोभिड उद्धार उडानमा क्याप्टेन, दुई जना चिकित्सक र बिरामी लगायत चार जना राखिनेछ । बिरामी राख्नका लागि आइसोलेटेड उपकरण प्रयोग गरिनेछ । उपकरणमा अक्सिजन सप्लाइ, एयर सप्लाइ लगायत भित्रै जडान गरिएको हुन्छ ।

उद्धार उडानमा बिरामीको आफन्तलाई राखिँदैन । एक जना बिरामीका लागि प्रयोग गरिएको आइसोलेसन ब्याग पुनः प्रयोगका लागि डिसइन्फेक्ट गरिने कम्पनीले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरुमा सिम्रिक एयरलाई मात्रै बिरामी उद्धार उडानको अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।