१ माघ /अर्थ र व्यापार - कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरकी सहायक रजिष्ट्रार गीता कुमारी पन्थी एक लाख घुस सहित अख्तियारको फन्दामा परेकी छिन् ।
दर्ता रहेको स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचना पछि अख्तिायारले गरेको स्टिङ्ग अप्रेसनमा पन्थी रङ्गेहात पक्राउ परेकी हुन् ।
घुसबापतको रकम लिई छोरीलाई राख्न दिएको अवस्थामा आमा छोरीलाई नै अख्तियारले एक बैंकको पार्किङबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया