logo

नक्कली बैंक ग्यारेण्टी पेश गरि भ्रष्टाचार गर्ने ७ जना विरुद्ध मुद्धा दायर

    1231   पटक पढिएको

२७ चैत्र /अर्थ र व्यापार - नक्कली बैंक ग्यारेण्टी पेश गरेर सडक आयोजनाको रकम हिनामिना गर्ने ७ जना बिरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ । जिल्ला प्राविधिक कार्यालय भोजपुरको भोजपुर–टक्सार–कोट–गगने–लेखर्क सडक स्तरोन्नती कार्यक्रमको ५५ करोड ९५ लाख ३० हजार बजेट दुरूपयोग भएको अख्तियारको निष्कर्ष छ ।

सडक स्तरोन्नति गर्न लगाईएको ठेक्कामा नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिएको उजुरी पछिअख्तियारले थालेको छानबिनमा आरोप तथ्य सहित भेटिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।अनुसन्धान क्रममा ठेकदार कम्पनी एम.के.वाई.पी.जे.भी.को तर्फबाट दुई पटक नक्कली बैंक ग्यारेण्टी पेश गरी जिल्ला प्राविधिक कार्यालयबाट मोबिलाईजेसन रकम निकासा भएको अख्तियारको ठहर छ ।

अख्तियारले नक्कली बैंक ग्यारेण्टी बनाएर पेश गर्ने ठेकदार सहित, बैंक ग्यारेण्टी कागज बनाउने कृषि बिकास बैंकका अधिकृत, रकम निकाशा गर्ने जिल्ला प्राविधिक कार्यालय भोजपुरका कार्यालय प्रमुख तथा लेखापाल बिरूद्ध मंगलबार भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

बैंक ग्यारेण्टीको बैधतासम्बन्धी कुनै शोधपुछ र पुष्टयाइ नलिई निर्माण कम्पनीका प्रतिनिधि तथा सञ्चालकहरुसँग मिलेमतो गरी सरकारी सम्पत्तिको हानिनोक्सानी पुर्यारउने र आफूले लाभ लिने उदेश्यले नक्कली बैंक ग्यारेण्टीका आधारमा मोबिलाईजेसन रकम उपलब्ध गराईएको अख्तियारको ठहर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।