logo

कोरोना भाईरसका कारण चिनियाँ पर्यटकको संख्या घट्यो, भ्रमण वर्षलाई धक्का

    1549   पटक पढिएको

 २१ माघ / अर्थ र व्यापार - कोरोना भाईरसका कारण नेपालमा चिनियाँ पर्यटकको संख्या घटेको छ । एक महिनायता चीनमा देखिएको नोबल कोरोना भाईरसले नेपालमा मात्र नभएर विश्वभरको पर्यटन क्षेत्रलाई असर गरेको हो ।

नेपाल नोबल कोरोना भाईरसबाट सुरक्षित भएको तर चीनमा र अन्य देशहरुमा फैलिएको त्रासले भ्रमण वर्षलाई असर गरेको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष सृजना राणाले बताईन् ।

चिनियाँ नयाँ वर्षमा ठूलो संख्यामा चिनिया पर्यटकहरु नेपालमा आउने गरेका छन् । तर, कोरोना भाईरसको कारण हाल नेपालका होटलहरु सुनसान रहेका नेपाल पर्यटन वर्ष २०२० का संयोजक सुरज वैधले बताए ।

यसले होटल व्यवसायलाई मात्र नभएर ट्याक्सी ड्राईभर, हस्तकला व्यवसायी, कृषकलगायत सबैलाई असर परेको उनको भनाइ छ ।

होटल व्यवसायीहरु चिनियाँ नयाँ वर्ष भनेपछि एकदमै एक्साईटेड हुने गरेको भएपनि यस वर्ष त्यस्तो नरहेको, धेरै बुकिङहरु रद्ध भईरहेको अध्यक्ष राणाको भनाइ। बुकिङ रद्द हुदाँ कति घाटा भयो भन्ने अहिले नै यकिन नभएको उनको भनाइ ।

नोबल कोरोना भाईरसको त्रासलाई मध्यनजर गर्दै होटल संघ नेपालले आफ्ना सदस्य होटललाई कुनै पनि पाहुनामा भाईरसको संकेत देखिने बित्तिकै अस्पताल लैजानलाई पुर्वतयारी गर्न आग्रह गरेको छ ।

नोबल कोरोना भाईरसको कारण मंगलबारसम्म ४ सय २५ जनाको मृत्यु भईसकेको छ भने २० हजार भन्दा बढि जनामा संक्रमण भएको भेटिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।