logo

केरुङ जाने रसुवा बाहिरका कन्टेनर चालक तथा सहचालकलाई १५ दिनको अस्थायी प्रवेश अनुमति दिइने

    1205   पटक पढिएको

२५ पुस /अर्थ र व्यापार  - सामग्री आयातका लागि केरुङ जाने रसुवा बाहिरका कन्टेनर चालक तथा सहचालकलाई १५ दिनको अस्थायी प्रवेश अनुमति दिइने भएको छ । चीनसँगको व्यापारिक नाका रसुवागढीमा मंगलबार बसेको सीमा सुरक्षा बैठकले वान डे पास नपाउँदा द्विदेशीय व्यापारमा कठिनाई आएको अवस्थामा चालकलाई १५ दिने प्रवेश अनुमति दिने निर्णय गरेको हो । 

१५र१५ दिनमा अनुमतिको नवीकरण गर्नुपर्ने रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । ‘यसअघि रसुवाका चालक मात्रै केरुङ जान पाउँथे, उनले भने , अबको दिन जिल्ला बाहिरका चालक पनि जान पाउँछन् ।’  रसुवा बाहेकका अन्य जिल्लाका चालकलाई अध्यामगन कार्यालय रसुवागढीको सिफारिसमा चिनियाँ अध्यागमनले अस्थायी अनुमति दिने निर्णयमा उल्लेख छ । ‘अस्थायी अनुमति पाउनका लागि चालकसँग राहदानी हुनुपर्छ, उनले भने, कन्टेनर बाहेकका अन्य सवारी चालकले यो सुविधा पाउँदैनन् ।’  

चीनको केरुङसम्म नेपालीहरूको सहज प्रवेश अनुमतिको व्यवस्था गरी अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने बताइएको छ । यसअघि जिल्ला बाहिरका चालकले रसुवागढीसम्म सवारी र्पुयाउने गरेका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।