logo

केरुङ जाने रसुवा बाहिरका कन्टेनर चालक तथा सहचालकलाई १५ दिनको अस्थायी प्रवेश अनुमति दिइने

    1033   पटक पढिएको

२५ पुस /अर्थ र व्यापार  - सामग्री आयातका लागि केरुङ जाने रसुवा बाहिरका कन्टेनर चालक तथा सहचालकलाई १५ दिनको अस्थायी प्रवेश अनुमति दिइने भएको छ । चीनसँगको व्यापारिक नाका रसुवागढीमा मंगलबार बसेको सीमा सुरक्षा बैठकले वान डे पास नपाउँदा द्विदेशीय व्यापारमा कठिनाई आएको अवस्थामा चालकलाई १५ दिने प्रवेश अनुमति दिने निर्णय गरेको हो । 

१५र१५ दिनमा अनुमतिको नवीकरण गर्नुपर्ने रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । ‘यसअघि रसुवाका चालक मात्रै केरुङ जान पाउँथे, उनले भने , अबको दिन जिल्ला बाहिरका चालक पनि जान पाउँछन् ।’  रसुवा बाहेकका अन्य जिल्लाका चालकलाई अध्यामगन कार्यालय रसुवागढीको सिफारिसमा चिनियाँ अध्यागमनले अस्थायी अनुमति दिने निर्णयमा उल्लेख छ । ‘अस्थायी अनुमति पाउनका लागि चालकसँग राहदानी हुनुपर्छ, उनले भने, कन्टेनर बाहेकका अन्य सवारी चालकले यो सुविधा पाउँदैनन् ।’  

चीनको केरुङसम्म नेपालीहरूको सहज प्रवेश अनुमतिको व्यवस्था गरी अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने बताइएको छ । यसअघि जिल्ला बाहिरका चालकले रसुवागढीसम्म सवारी र्पुयाउने गरेका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।