logo

माथिल्लो दोर्दी ’ए’ जलविद्युत आयोजनाको निर्माण तीन महिनामा सकिने, आइपिओ पनि आउने

    1556   पटक पढिएको

११ पुस / अर्थ र व्यापार - माथिल्लो दोर्दी ’ए’ जलविद्युत आयोजना तीन महिनाभित्र निर्माण सकिने भएको छ। लिवर्टी इनर्जी कम्पनीको दशौं वार्षिक साधारणसभामा चैत महिनाभित्रै निर्माण सकिने जानकारी दिइएको हो।

२५ मेगावाटको यो आयोजनाको ९५ प्रतिशत निर्माणको काम सकिएको कम्पनीका प्रवन्ध संचालक डा आत्मराम घिमिरेले जानकारी दिए। कम्पनीले ३७ करोड ५० लाख बराबरको सेयर सर्वसाधरण र प्रभावित क्षेत्रका स्थानीयलाई जारी गर्ने भएको छ।

सेयर जारी गर्न एनआईविएल एस क्यापिटलसँग सम्झौंता गरिसकेको छ। कम्पनीका अनुसार सेयर जारी गर्न धितोपत्र बोर्डबाट अन्तिम स्वीकृतीका लागि कागजात पेश गरिएको छ। कम्पनीले माथिल्लो दोर्दी “ए” वाहेक लोदो खोला साना जलविद्युत आयोजना र बाग्लुङ जिल्लामा बडिगाढ खोला जलविद्युत आयोजना अघि बढाएको छ । 

कम्पनीले सर्वेक्षण अनुमति पाएको २४.६ मे.वा. क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सकिएर वातावरणीय प्रभाव मूल्यांकनको प्रकृया अघि बढेको जनाएको छ। १.६ मेगावाटको क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेस भएको कम्पनीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।