logo

५ ठेकेदार कम्पनीको नाम कालोसुचीमा 

    1797   पटक पढिएको

२३ असार / अर्थ र व्यापार - ५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसुचीमा राखेको छ । ठेक्का ओगटेर समयमा काम नगर्ने र गुणस्तरीय काम गर्न नसकेका भन्दै कालोसुचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कार्यालयको आईतबार बसेको बैठकले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
आजैबाट लागु हुने गरी कालोसूचीमा राखिएको छ । कालोसुचीमा परेका निर्माण व्यवसायीहरुले राखिएको अवधीभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । श्री लोहनी एण्ड ब्रदररथोदुङगरसुरुची जेभी लाई एक बर्षका लागि कालोसुची राखिएको छ । ग्रामीण पुणनिर्माण तथा पुनर्स्थापना आयोजना कार्यालय दोलखा,चरिकोटले दायीत्व पुरा गर्न नसकेको भन्दै कालोसुचीमा राख्नका लागि सिफारिस गरेको थियो । सोही कार्यालयको सिफारिसमा लोकबीर एण्ड बेतालीर नेपाल र प्रगति जेभी बुद्धनगरलाई पनि एक बर्षका लागि कालोसूचीमा राखिएको छ ।

द कन्चनजङघा र लामा र विल्डर्स जेभी बौद्धलाई २ बर्षका लागि कालोसूचीमा राखिएको छ ।सघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, डिभिजन सडक चरिकोटले काम नगरेको भन्दै कालोसुचीमा राख्नका लागि सिफारिस गरेको थियो । थोदुङग र अजम्वर र  शिवराम जेभी १ बर्षका लागि कालोसूचीमा राखिएको छ। जलस्रोत तथा सिंचाई विकास डिभिजनको इलामले दायीत्व पुरा गर्न नसकेको भन्दै कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

जिएम कन्स्ट्रक्सन प्राली गोगंबुलाई २ बर्षका लागि कालोसूचीमा राखिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतले कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।