४ असोज/अर्थ र व्यापार– चितवन मेडिकल कलेजले आजदेखि दुई घण्टामा नै कोरोनाको पीसीआर परीक्षणको नतिजा दिनसक्ने र्यापिड एन्टिजेन टेष्ट सेवाको शुरुआत गरेको छ ।
र्यापिड एन्टिजेन टेष्टमार्फत परीक्षणका गर्नका लागि तीन हजार तिर्नुपर्ने हुन्छ ।
चितवन मेडिकल कलेजले चार करोडभन्दा बढी खर्च गरेर प्रयोगशाला स्थापना गरेको हो । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले नेपालमानै निजी क्षेत्रबाट कोरोना रोगको परीक्षण र उपचारमा आफ्नो मेडिकल कलेजको भूमिका नेतृत्वदायी भएको बताए ।
गत भदौ ३ गतेबाट पीसीआर परीक्षण थालेको कलेजले हालसम्म ५ हजार २९२ जनाको पीसीआर परीक्षण गरेको छ । तीमध्ये ९५३ जनामा कोरोना सक्रमण पुष्टि भएको थियो । यो कुल परीक्षण गरिएकामध्येको १८ प्रतिशत हो ।
तपाईको प्रतिक्रिया