logo

सीएमसीको वेभसाइटमा ठेक्का लिएको मेलम्ची आयोजना सम्पन्न भइसकेको उल्लेख

    1404   पटक पढिएको

१२ पुस/ अर्थ र व्यापार  - मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसीको वेभसाइटलाई विश्वास गर्ने हो भने काठमाडौंवासीले मेलम्चीको पानी प्रयोग गरिसकेका छन् । सीएमसीको वेभसाइट सीएमसीजीआरयुपीपीओ डटकममा ‘स्टाटस कम्प्लिटेड’ उल्लेख छ ।

सात प्रतिशतभन्दा बढी काम बाँकी हुँदै सिएमसीले ९ करोड ८० लाख युरोमा ठेक्का लिएको मेलम्ची आयोजना सम्पन्न भइसकेको वेभसाइटमा राखेको हो । काम पूरा नहुँदै मेलम्चीसँग सम्झौता रद्द गर्न लागि परेको सीएमसीले केन्द्रीय कार्यालयबाट सञ्चालित वेभसाइटमा यस्तो उल्लेख गर्नु अर्थपूर्ण रहेको आयोजनाका एक इन्जिनियर बताउँछन् । उनी भन्छन ‘आयोजना पूरा नभई कम्पिलटेड लेख्नु सरासर बेइमानी हो ।’

आयोजनाका अनुसार व्यावधान विनाकाम हुने हो भने कम्तिमा तीन महिनाको काम अझै बाँकी छ । सुरुङलाई अन्तिम रुप दिन, सतहमा लाइनिङ, सर्फेस फिनिसिङ, सीसी क्यामेरा जडान जस्ता काम बाँकी नै छन् । मेलम्चीसँगको सम्झौता रद्द गर्न खोज्नुमा सीएमसी आफंैले ‘नगद अभाव’ लाई कारण बताएको थियो । आयोजनाले नदिएको भनेको ३५ करोड रुपैयाँका कारण सीएमसीलाई नगद अभाव भएको भने होइन । सीएमसीसँग नजिक रहेर काम गसिसकेकाहरूका अनुसार उसको ‘फाइनलसियल क्राइसिस’ इटलीस्थित कार्यालयबाटै शुरु भएको हो ।

विवाद बढाएर सीएमसीले नेपालबाट बढी रकम लान खोजेको मेलम्ची खानेपानी आयोजनाका एक अधिकारी बताउँछन् । सम्झौता नवीकरणका लागि उसले भेरियसनको ६० करोड, भूकम्पको क्षतिको ३५ करोड र काम गरिसकेको १५ करोड रुपैयाँ अग्रिम भुक्तानी र लिक्वेडेसन ड्यामेज तिर्न नमर्ने शर्त राखेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।