logo

नयाँ प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध ८ वटा उजुरी, आज उजुरी विरुद्ध छलफल हुने

    1330   पटक पढिएको

१२ पुस /अर्थ र व्यापार - प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि मुद्दा नहेर्ने भएका छन् । अवकाशको ठीक एक साता अघिबाट उनले इजलासमा नबस्ने निर्णय गरेको सर्बोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि मिश्रलाई करीव चार महिनाको छोटो अवधि प्रधान न्यायाधीश बन्ने मौका मिलेको थियो । उनले उमेर हदका कारण पुस १७ गते अवकाश पाउँँदैछन् । अवकाशको मुखमा मुद्दाको फैसला गरेर विवादमा पर्न नचाहेको मिश्र निकट स्रोतले जनाएको छ । उनीमाथि भ्रष्टाचार र राजस्व छली तथा अर्बौं रुपैयाँ कर सम्बन्धी विवादका मुद्दा हतार–हतार फैसला गराउन अग्रसरता लिएको आरोप लागिरहेको छ ।

मिश्रले मुद्दा नहेरे पनि अन्तिम दिनसम्म पेशी तोक्ने र प्रशासनिक काम भने जारी राख्ने भएका छन् । नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्र शमसेर जबरा सिफारिस भइसकेका छन् । संसदीय सुनुवाई विशेष समितिमा उनीविरुद्ध परेका उजुरीमाथि आज छलफल हुँदैछ । चोलेन्द्रविरुद्ध ८ वटा उजुरी परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।