logo

चोभारमा सुख्खा बन्दरगाह बन्ने, असार सम्म ठेक्का आह्वान

    3216   पटक पढिएको

१९ जेठ÷अर्थ र व्यापार- चोभारको हिमाल सिमेन्ट कारखानाको जग्गामा अब सुख्खा बन्दरगाह बन्ने भएको छ । नेपाल सरकारले विश्व बैंक बाट डेढ अर्ब ऋण लिएर दुई सय रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाह बनाउन लागेको हो । वाणिज्य मन्त्रालय अन्र्तगतको नेपाल इन्टरमोडल यातायात विकास समितिले आगामी असार सम्म ठेक्का  आह्वान गर्ने जनाएको छ ।

लामो समय देखि अलपत्र परेको जग्गालाई सरकारले सुख्खा बन्दरगाहको साथै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल बनाउने तयारी गरेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले फुलब्राइट कन्सल्टेन्सीले निर्धारित समयमा नै विस्तृत परियोजना रिपोर्ट (डिपीआर) उपलब्ध नगराउँदा सुख्खा बन्दरगाह निर्माण कार्य केही समय ढिलाई भएको बताए । फुलब्राइट लाई मे महिनाको अन्तिम सम्म सम्पूर्ण डिपीआर बुझाउन तोकेता गरिरहेको र सम्भवतः असारसम्म बन्दरगाहको लागि ठेक्का आह्वान गर्ने उनले वताए । 

सिमेन्ट कारखाना परिसरमा रहेको जग्गामा अस्थायी टहरा, पुरानो भौतिक संरचना, जग्गा सम्बन्धी विवादलाई सल्टाउँदै निर्माण कार्यलाई अघि बढाइने उनले बताए । सुख्या बन्दरगाहमा देश भित्र र बाहिर सामान आयात र निर्यात गर्नका लागि छुट्टाछुटै आन्तरिक र बाह्य टर्मिनल हुनेछन् । आन्तरिक टर्मिनल बाट देशभर बाट काठमाडौं उपत्यका आउने र उपत्यका बाहिर जाने मालसमान लोड अनलोड र भण्डारण समेत गर्न मिल्ने व्यवस्था गरिनेछ । बाह्य टर्मिनलमा भने भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामानलाई नेपालका सीमाक्षेत्रका भैरहवा, वीरगन्ज तथा रसुवागढी नाका बाट सोझै चोभारमा ल्याइनेछ । 

सुख्खा बन्दरगाहमा कलकत्ता, विशाखापट्टन र चीनको केरुङ र सिगात्से बाट राजधानीका लागि ल्याइने सामान सोझै चोभारमा ल्याएर भण्डारण गर्न सकिनेछ । चोभार हुदैं फास्टट्याक समेत जोडिने भएकाले सामान ल्याउँदा हुने झमेला अन्त्य हुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।