logo

चोभारमा सुख्खा बन्दरगाह बन्ने, असार सम्म ठेक्का आह्वान

    3066   पटक पढिएको

१९ जेठ÷अर्थ र व्यापार- चोभारको हिमाल सिमेन्ट कारखानाको जग्गामा अब सुख्खा बन्दरगाह बन्ने भएको छ । नेपाल सरकारले विश्व बैंक बाट डेढ अर्ब ऋण लिएर दुई सय रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाह बनाउन लागेको हो । वाणिज्य मन्त्रालय अन्र्तगतको नेपाल इन्टरमोडल यातायात विकास समितिले आगामी असार सम्म ठेक्का  आह्वान गर्ने जनाएको छ ।

लामो समय देखि अलपत्र परेको जग्गालाई सरकारले सुख्खा बन्दरगाहको साथै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल बनाउने तयारी गरेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले फुलब्राइट कन्सल्टेन्सीले निर्धारित समयमा नै विस्तृत परियोजना रिपोर्ट (डिपीआर) उपलब्ध नगराउँदा सुख्खा बन्दरगाह निर्माण कार्य केही समय ढिलाई भएको बताए । फुलब्राइट लाई मे महिनाको अन्तिम सम्म सम्पूर्ण डिपीआर बुझाउन तोकेता गरिरहेको र सम्भवतः असारसम्म बन्दरगाहको लागि ठेक्का आह्वान गर्ने उनले वताए । 

सिमेन्ट कारखाना परिसरमा रहेको जग्गामा अस्थायी टहरा, पुरानो भौतिक संरचना, जग्गा सम्बन्धी विवादलाई सल्टाउँदै निर्माण कार्यलाई अघि बढाइने उनले बताए । सुख्या बन्दरगाहमा देश भित्र र बाहिर सामान आयात र निर्यात गर्नका लागि छुट्टाछुटै आन्तरिक र बाह्य टर्मिनल हुनेछन् । आन्तरिक टर्मिनल बाट देशभर बाट काठमाडौं उपत्यका आउने र उपत्यका बाहिर जाने मालसमान लोड अनलोड र भण्डारण समेत गर्न मिल्ने व्यवस्था गरिनेछ । बाह्य टर्मिनलमा भने भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामानलाई नेपालका सीमाक्षेत्रका भैरहवा, वीरगन्ज तथा रसुवागढी नाका बाट सोझै चोभारमा ल्याइनेछ । 

सुख्खा बन्दरगाहमा कलकत्ता, विशाखापट्टन र चीनको केरुङ र सिगात्से बाट राजधानीका लागि ल्याइने सामान सोझै चोभारमा ल्याएर भण्डारण गर्न सकिनेछ । चोभार हुदैं फास्टट्याक समेत जोडिने भएकाले सामान ल्याउँदा हुने झमेला अन्त्य हुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।