५ असोज / अर्थ र व्यापार – अवैधरुपमा चीन लैजान लागेको डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छन् । काठमाडौंबाट केरुङ्ग जान लागेकी ४७ वर्षीया लि ल्वागको साथबाट ५० हजार अमेरिकी डलर बरामद भएको हो ।
उनले झोलामा लुकाइ लैजान लागेको सयका दरको ५ सय ३५ थान नोट र ५० को १ सय ३० थान डलर रसुवागढी नाकाबाट प्रहरीले बरामद गरेको हो । उनलाई भोलि राजस्व अनुसन्धान विभागमा बुझाउने रसुवा प्रहरीको तयारी छ । पछिल्लो समय केरुङ्ग भएर आउजाउ गर्ने चिनिया नागरिक माथि प्रहरीले निगरानी बढाएको छ ।
आज बिहान पत्रकार सम्मेलनमार्फत् प्रहरी प्रमुख थापा क्षेत्रीले विशेष सुराकीका आधारमा चिनियाँ नागरिक पक्राउ भएको जानकारी दिए । सो डलर ५१ लाख ३१ हजार ५ सय रुपैयाँ बराबरको भएको छ ।
तपाईको प्रतिक्रिया