logo

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणका लागी ३ हजार ८ सय २५ वटा रुख कटान गरिने

    1136   पटक पढिएको

२५ माघ /अर्थ र व्यापार – चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण क्षेत्रका ३ हजार ८ सय २५ वटा रुख कटान गरिने भएको छ । रसुवाको माथिल्लो क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको उत्पादित विद्युत जोड्नका लागि निर्माण थालिएको प्रसारण लाइनको रसुवा र नुवाकोटमा त्यो परिमाणमा रुख कटान गरिन लागिएको हो । कटान गरिने रुखमध्ये ३ हजार ३ सय १४ वटा रसुवा र ५ सय ११ वटा नुवाकोटको क्षेत्रमा पर्ने आयोजनाले जनाएको छ । 

प्रक्रिया सकिएमा फागुनको अन्तिम हप्तादेखि रुख काट्न सुरु गरिने आयोजना प्रमुख केदार सिलवालले बताए । सम्झौता भएपछि रसुवा र नुवाकोट जिल्लाका डिभिजन वन कार्यालयमा फाइल पेश गर्नुपर्छ । डिभिजन वन कार्यालयले रुख कटान अनुमति दिएपछि काट्ने काम सुरु हुने उनको भनाइ छ । जिल्लाको आमाछोदिङ्मो गाउँपालिकास्थित गोल्जुङदेखि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री बी हबसम्म २२० केभी प्रसारण लाइनको दूरी २७ किलोमिटर रहेको छ । जसमा ७९ वटा टावर रहने छ । गोल्जुङदेखि मैलुङसम्म २२० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रीबीको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुने छ । 

यो प्रसारण लाइनमा ५ सय मेगावट विद्युत जडान गर्न सकिने छ । रसुवामा हाल २ वटा आयोजना सञ्चालनमा छन् । १३ वटा आयोजना निर्माणाधीन छन् भने ८ वटा आयोजनाको सर्भे भइरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।